ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

गहुँ उत्पादनमा ह्रास

२०७८ जेठ, २१  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

बझाङ । बझाङमा हिँउदे बालीको उत्पादनमा ह्रास आएको छ  । सिँचाइ सुविधा भएकाबाहेक अकासे पानीको भरमा खेती गरिने सबै ठाउँको उत्पादनमा ह्रास आएको हो ।

लामो समयसम्म परेको खडेरीका कारण गहुँ, जौलगायत हिउँदे बालीको उत्पादनमा ह्रास आउँदा जिल्लामा खाद्य संकट हुने देखिएको छ ।

उत्पादन घट्दा कृषिमै निर्भर हुने गरेका र न्यून आयस्रोत भएको परिवारले चरम खाद्य संकटको सामना गर्नुपर्ने अवस्था आएको छ । अकासे पानीको भरमा खेती गर्ने यस क्षेत्रका कृषकमा उत्पादन ह्रास भएसँगै भोकमरी हुने चिन्ताले सताउन थालेको छ । उनीहरूका अनुसार यसपालि खेतबारी सबै बाँझो छ ।

हिउँदभरि पानी परेन । पुस÷माघमा पानी परे राम्रै उब्जाउ हुन्थ्यो । खडेरीले खेती किसानी गरेर जीविका चलाउनेलाई समस्या परेको छ ।

हिउँदे बाली खेतमै सुकेपछि वर्षभरि कसरी परिवार पाल्ने हो भन्ने चिन्ताले सताउन थालेको खप्तड छान्ना गाउँपालिका–७ गोर्खालीका सुर्जन सिंहले बताए ।

बझाङमा खाद्य संकट हुने देखिएकाले खडेरीपीडित किसानलाई तत्काल राहत व्यवस्थापन गर्नुपर्ने सुदूरपश्चिम खाद्य अधिकार सञ्जालका संयोजक बलबहादुर रोकाया सुनाउँछन् ।

‘हामीले थलारा गाउँपालिकामा सुक्खा खडेरीले प्रभावित समुदायको प्रारम्भिक तथ्यांक संकलन गरेका थियौं । विभिन्न वडाका १८५ घरधुरीमा गरिएको सर्वेक्षणमा ९३ प्रतिशत घरधुरीको क्षति भएको पाइएको छ । यो खाद्य संकटको उच्चतम विन्दु हो ।’ प्रदेश र स्थानीय सरकारले प्रभावित परिवारका लागि  तत्काल राहतस्वरूप खाद्यान्न वितरण गर्नुपर्ने र बर्खेबालीका लागि बिउ तथा मल निःशुल्क उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

अकासे पानीको भरमा खेती गरिने ठाउँको ९० प्रतिशत उत्पादन घटेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाभरि १५ हजारभन्दा बढी हेक्टरमा गहुँ, जौ, मसुरोे कुल खेतीयोग्य जमिनको ३५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा रहेको ज्ञान केन्द्रका प्रमुख टेकबहादुर विष्टले जानकारी दिए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)