ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीमा साढे १० हजार क्वीन्टल खाद्यान्न ढुवानी

२०७८ जेठ, २१  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

वीरेन्द्रनगर (अस) । कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञाको समयमा पनि कर्णालीमा खाद्यान्न ढुवानी सहज रूपमा भइरहेको छ । प्रदेशका ६ जिल्लामा खाद्यान्न ढुवानी भइरहेको सुर्खेतस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बताएको छ ।

कर्णालीका विभिन्न जिल्लामा साढे १० हजार क्वीण्टल खाद्यान्न ढुवानी भएको कम्पनीले बताएको छ । वैशाख १४ गतेदेखि प्रदेशका सबैजसो जिल्लामा निषेधाज्ञा लगाइएको छ । यो अवधिमा पनि खाद्यान्न ढुवानी भने सहज रूपमा भइरहेको कम्पनीका प्रबन्धक माधव मिश्रले बताए । उनका अनुसार निषेधाज्ञा लागू भएदेखि विभिन्न जिल्लामा कुल १० हजार ६४६ क्वीन्टल ८५ केजी खाद्यान्न ढुवानी भएको छ ।

सो अवधिमा हुम्लामा सबैभन्दा धेरै ६ हजार ५९४ क्वीण्टल ५५ केजी चामल ढुवानी भएको छ । यस्तै डोल्पामा १ हजार ४५४ क्वीन्टल ९० केजी, मुगुमा १ हजार ६१७ क्वीन्टल ४० केजी, जुम्लामा २७० क्वीन्टल तथा कालीकोट र दैलेखमा १८० क्वीण्टलका दरले खाद्यान्न ढुवानी भएको हो । बाजुरास्थित कोल्टी डिपोमा पनि ३८० क्वीण्टल खाद्यान्न ढुवानी गरिएको कम्पनीले बताएको छ । निषेधाज्ञा अवधिमा ७ करोड २६ लाख १ हजार ४४ रुपैयाँ बराबरको खाद्यान्न ढुवानी भएको कम्पनीले जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)