ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निर्माण व्यावसायीद्वारा राजस्व भुक्तानीमा अटेर :  कानूनी  उपचारको बाटो रोज्दै स्थानीय सरकार

२०७८ जेठ, २३  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

जेठ २३, धनकुटा । मध्य पहाडी लोकमार्ग अन्तरर्गत बसन्तपुर म्याङलुङ सडक खण्डमा निर्माण व्यावसायीले कर भुक्तानी नगरेको भन्दै लालिगुराँस नगरपालिकाले कानूनी बाटो रोज्ने भएको छ ।

नगरपालिका क्षेत्रभित्र सडक निर्माण र सडक चौडा गर्दा खानी, ढुङ्गा गिटीका स्रोतबाट प्राप्त हुने कर निर्माण व्यावसायीलाई पटक पटक ताकेता गर्दापनि बेवास्ता गरेकोले कानूनी बाटो रोज्न बाध्य भएको नगरप्रमखु अर्जुन माबोहाङले बताए । 

लालिगुराँस नगरपालिकामा गत सोमवार सम्पन्न स्थानीय राजनीतिक दल तथा सरोकारवालाहरुको भेलाले कर राजस्व तिर्न अटेर गर्ने निर्माण व्यावसायीलाई कानूनी बाटो रोज्ने निर्णय गरेको छ । निर्माण व्यावसायीहरुले सडक निर्माण क्रममा साधान स्रोत परिचालन गर्ने सवालमा नेपाल सरकारले व्यावस्था अनुसार कर बझाउनु पर्ने भएपनि नबुझाएकोले नगरबासीहरुको आपत्ती रहेको नेकपा एमालेका प्रतिनिधी गणेश सेनेले बताए । 

निर्माणको क्रममा दैनिक सञ्चालन भएका सडकहरुमा क्षति भएकाले सडकलाई मर्मत गर्नुपर्ने भएपनि मर्मत नभएको र कर नबुझाउने निर्माण व्यवसायीलाई कानूनी बाटो रोजेको सेनेका भनाइ छ ।

ढुंगा, गिटी बालुवा उत्खनन विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड अनुसार ठूला रुपान्तरणकारी राष्ट्रिय गौरवका तथा प्राथमिकता प्राप्त आयोजनाले स्थानीय सरकारलाई कर बुझाएर मात्र उपयोग गर्ने व्यावस्था रहेपनि निर्माण व्यावसायीले कर भुक्तानी गरेका छैनन् ।

निर्माण व्यावसाय सम्बन्धि ऐन २०७७ को दफा १२ को उपदफा ७ बमोजिम उपयोग गर्ने अवस्थामा सामग्री परिमाणको आधारमा लाग्ने विक्री मूल्य बापतको रकम नगरपालिका तथा गाउँपालिकालाई राजस्व बुझाउन पर्नेछ ।

सोही ऐनको दफा २१ मा खरेजी तथा बचाउको ‘क’ मा ढुङ्गा, गिटी बालुवाको नियमन सम्बन्धी प्रतिवेदन कार्यन्वयन गर्न नेपाल सरकार मन्त्रीपरिषदको निर्णय अनुसार भए गरेका काम कारबाही मापदण्ड बमोजिम भएको गरेको मानिने नगरपालिकाले जानकारी दिएको छ ।

स्थानीय सरकारले ताकेता गर्दा पनी राजस्व तिर्न अटेर गरेको हुनाले कानूनी बाटोमा लागि अदालत जाने निर्णय भएको नेपाली कांग्रेसका  केबलमान गुरुङले बताए । 

स्थानीय स्रोत साधन उपयोग गरेपछि राजस्व तिर्न वेवास्ता गरेपछी  कानूनी उपचारको खोजीमा लागेको एमालेका प्रतिनिधी जितबहादुर भुजेलले बताए । मध्य पहाडी लोकमार्ग अन्तरर्गत बसन्तपुर म्याङलुङ खण्डमा कालिका भिमेश्वर जेभी भक्तपुर र आशिष आर्शिवाद जेबी उदयपुरले काम गर्दै आएका छन् । 

कालिकाले स्थानीय साहायक सडक लसुने मंगलवारे क्षेत्रबाट निर्माण सामग्री ओसार पसार गर्दा सडक पूर्ण रुपमा क्षती भएको त्यस्तै बसन्तपुर गाँडेपात्लेबाट प्राथमिक स्वास्थ्य केन्द्र बसन्तपुरसम्म सडक सोलिङ गर्ने सहमति भएपनि ढुङ्गा मात्रै झारेको र भुक्तानी नगरेको र पटक पटक ताकेता गर्दा पनि अटेर गरेकाले कानूनी उपचारको खोजी गर्ने नगरपालिकाले जानकारी दिएको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)