ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीका नवनियुक्त दुई मन्त्रीद्वारा शपथ ग्रहण

२०७८ जेठ, २४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

सुर्खेत (अस) । कर्णाली प्रदेश सरकारमा सत्ता साझेदार कांग्रेसबाट दुईजना मन्त्रीले शपथ लिएका छन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिशमा सामाजिक विकास मन्त्रीमा सुर्खेतका यज्ञबहादुर बिसी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा जुम्लाका दीनबन्धु श्रेष्ठले आइतवार पद तथा गोपीनयताको शपथ लिएका हुन् ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले एक समारोहका बीच सामाजिक विकास मन्त्रीमा बिसी र जलस्रोत तथा ऊर्जा विकास मन्त्रीमा श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । गत वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई कांग्रेसले विश्वासको मत दिएपछि कांग्रेसका तर्फबाट दुईजना मन्त्री नियुक्त गरिएको हो ।

२०७४ सालको निर्वाचनपछि कांग्रेसले पहिलोपटक माओवादी केन्द्रसँग कर्णालीबाट सत्ता साझेदारी गरेको छ । कर्णाली सरकारमा अहिले माओवादी केन्द्रबाट मुख्यमन्त्रीसहित तीनजना र एमालेबाट ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्रीलाई विश्वासको मत दिएका तीनजनासँगै कांग्रेसबाट दुईजना छन् ।

हाल ३५ सदस्य रहेको प्रदेशसभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका एक सांसद छन् । कांग्रेस सत्ता साझेदार भएसँगै सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट संसद्बाट पारित हुने करिब निश्चित भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)