ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

अक्सिजन प्लान्टका लागि कर्णाली प्रदेश सरकारको ६५ लाख

२०७८ जेठ, २५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

वीरेन्द्रनगर (अस) । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा अक्सिजन प्लान्ट स्थापनाका लागि कर्णाली प्रदेश सरकारले ६५ लाख दिने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारको शनिवार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारी नियन्त्रण गर्न सामाजिक विकास मन्त्रालयको बजेट उपशीर्षकबाट रकमान्तर गरी नगरपालिकालाई बजेट दिने निर्णय गरेको हो ।

यस्तै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको सचिवमा सीडीई धर्मेन्द्रकुमार झालाई जिम्मेवारी दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री सीता नेपालीले जानकारी दिइन् । यसैगरी बैठकले कर्णाली प्रांगारिक कृषि सम्बन्धी लोगो स्वीकृत गर्ने, प्रदेशको पशु स्वास्थ्य तथा पशु सेवा सम्बन्धी विधेयकको मस्यौदा तयारी गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने र प्रदेशको बीउ बिजन सम्बन्धी विधेयकको मस्यौदा तयारी गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने र प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (तेस्रो संशोधन) नियमावली २०७८ लाई स्वीकृति प्रदान गर्ने निर्णय समेत गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)