सुर्खेत । कर्णाली प्रदेशसभामा प्रतिपक्षी दल नेकपा एमालेले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री अम्मरबहादुर थापालाई बर्खास्त गर्न माग राखेपछि मंगलवार पनि प्रदेशसभा बैठक बस्न सकेन । प्रदेशसभाको बैठक सोमवार दिउँसो २ बजे र बेलुका ५ बजे बसेको थियो ।
पहिलो बैठक प्रारम्भमै एमालेका सदस्यले दोषी करार व्यक्ति सभामा राख्ने स्थितिको अन्त्य र सुधार नगरेसम्म बैठक चल्न नदिने भन्दै अवरुद्ध गरेका थिए ।
मंगलवार बैठक सञ्चालनका लागि सरकार र प्रतिपक्षीबीच भएको वार्ता निष्कर्षविहीन भएपछि प्रदेशसभा सचिवालयले जेठ २६ गते बुधवार अपराह्न २ बजेसम्मका लागि बैठक स्थगनको सूचना गरेको छ । रासस