ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

केही खुकुलो बनाउँदै धनकुटामा असार ३ गतेसम्म निषेधाज्ञा थप

२०७८ जेठ, २६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

जेठ २६, धनकुटा । जिल्ला प्रशासन कार्यालय धनकुटाले जिल्लाभर बुधवार मध्यरातिदेखि आगामी असार ३ गतेसम्मका लागि निषेधाज्ञाको समय लम्ब्याएको छ । कोरोना भाइरस संक्रमण समुदायस्तरमा तीव्र बन्दै गएपछि प्रशासनले गत वैशाख २० गतेदेखि निषेधाज्ञालाई निरन्तरता दिँदै आएको छ । 

जेठ २६ देखिको अवधि सकिन लागेपछि पुन: ८ दिनका लागि केही खुकुलो बनाएर निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जानकारी दिए । जिल्ला कोभिड व्यवस्थापन समिति (डिसीसीएमसी) को बैठकले निषेधाज्ञाको निर्णय गरेको दाहालले बताए ।

निषेधाज्ञाको समयमा अत्यावश्यक दैनिक उपभोग्य वस्तुका पसल र पुस्तक पसल बिहान ७ बजेदेखि १० बजेसम्म खुला हुने बाहेक अन्य सम्पूर्ण व्यवसाय तथा पसल, निजी, सार्वजनिक भाडाका सवारी साधनहरु बन्द रहने छन् । दैनिक उपभोग्य तथा अत्यावश्यक सामग्री, फोहर बोक्ने सवारी साधन, एम्बुलेन्स, प्रेसका साधनलाई सञ्चालनमा दिइने जानकारी दिइएको छ । 

बैंक तथा वित्तीय संस्था आइतबार, सोमवार, बुधवार र शुक्रवार बिहान ८ बजेदेखि ११ बजेसम्म र राजमार्गमा रहेका मोटरसाइकल वर्कसप बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गरिने निर्णय गरिएको छ । यस्तै, बजार पसलको अवस्थाबारे उद्योग वाणिज्य संघ धनकुटाले निरन्तर अनुगमन गर्ने जानकारी दिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)