ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नगर अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

२०७८ जेठ, २७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

वीरेन्द्रनगर (अस) । वीरेन्द्रनगर नगरपालिकाले सञ्चालन गरेको नगर कोभिड अस्पताललाई नेपाल रेडक्रस सोसाइटी सुर्खेतले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

रेडक्रस सुर्खेतका सभापति रामलाल आचार्यको उपस्थितिमा जिल्ला कोभिड विपद् व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले नगरपालिकाका प्रमुख देवकुमार सुवेदीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् ।

रेडक्रस सुर्खेतले हस्तान्तरण गरेको स्वास्थ्य सामग्रीले नगर अस्पताल सञ्चालनमा सहयोग पुग्ने बताउँदै प्रमुख जिल्ला अधिकारी रिजालले रेडक्रसले विपद्का बेला गरेको सहयोगप्रति धन्यवाद दिए । कोभिडको दोस्रो चरणको जोखिम केही कमी हुँदै गएकाले अब  तेस्रो चरणको रोकथामको तयारीमा लाग्नुपर्ने उनले सुझाए ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले पालिकाले नगरभित्रका कोभिड बिरामीको उपचारका लागि सञ्चालनमा ल्याएको नगर अस्पताललाई रेडक्रसले गरेको सहयोगप्रति धन्यवाद दिए ।

रेडक्रसले उपलब्ध गराएका सामग्रीमा १० थान बेड, १० थान अक्सिमिटर, मास्क, सोलार बत्तीलगायत छन् ।

सामग्री हस्तान्तरण कार्यक्रममा सुर्खेतका प्रहरी प्रमुख एसपी राजेन्द्र भट्ट, वीरेन्द्रनगर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भूपेन्द्रदेव गिरी, नगर अस्पतालका चिकित्सकलगायत उपस्थित थिए ।

रेडक्रस सुर्खेतले लेकबेंसी नगरपालिकालाई पनि ६ थान अक्सिजन सिलिन्डर प्रदान गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)