वीरेन्द्रनगर (अस) । राउटे समुदायले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भेटेर खाद्यान्न उपलब्ध गराउन माग गरेका छन् । खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुको माग गर्न राउटे मुखियासहितको टोली शुक्रवार मुख्यमन्त्री कार्यालयमा पुगेको थियो ।
‘जंगलमा सिकार पाइँदैन, जनताहरू भोक–भोकै छन्,’ राउटे मुखिया सूर्यनारायण शाहीले भने, ‘सरकारले हामीलाई तत्काल खाद्यान्नको व्यवस्था गरिदिनुप¥यो ।’ उनीहरूले त्रिपाल, लगायत लत्ता कपडाको पनि व्यवस्था गरिदिन मुख्यमन्त्रीलाई आग्रह गरेका छन् । वर्षाको समय शुरू हुन लागेकाले राउटेले बन्दोबस्तीका यस्ता सामग्री उपलब्ध गराउन माग गरेका हुन् । भेटपछि मुख्यमन्त्री शाहीले खाद्यान्न, लत्ताकपडा, त्रिपाललगायत सामान बन्दोबस्त गरिदिने आश्वासन दिए । सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीले हप्ता दिनभित्र राउटे समुदायका माग सम्बोधन हुने बताए । फिरन्ते राउटे समुदाय हाल गुर्भाकोट–११ स्थित आँपसोतीमा बस्दै आएका छन् । यहाँ राउटे समुदायमा ३६ घरपरिवारका १४५ जना छन् ।