ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ को बजेट ३५ अर्ब हाराहारीको हुने

२०७८ असार, १  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । प्रदेश १ सरकारले करीब ३५ अर्ब रुपैयाँको बजेट ल्याउने भएको छ । प्रदेश १ सरकारले आगामी आर्थिक वर्षको बजेट मंगलवार प्रदेशसभाको बजेट अधिवेशनमा पेश गर्दै छ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री टंकबहादुर आङवुहाङले बजेट प्रस्तुत गर्नेछन् ।

प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड रुपैयाँको बजेट ल्याएको थियो । बजेट ल्याएको तीन महीनामा ५० प्रतिशत बजेट कटौती गरिएको थियो । चालू आर्थिक वर्षमा १५ अर्बको स्रोत सुनिश्चित हुन सकेन । चालू आर्थिक वर्षको बजेटमा ५ अर्ब ऋण लिने सरकारको कार्यक्रम समावेश थियो । तर, उक्त ऋण लिन प्रदेश सरकार असफल भएपछि बजेटमा समावेश भएका योजनाहरू कटौती गरिएको थियो ।

आगामी आर्थिक वर्षको बजेट कोभिड प्रतिकार्यमा केन्द्रित हुने मन्त्री आङ्वुहाङले बताए । कोरोनाको मारमा परेका समुदायलाई प्रत्यक्ष लाभ र जीवनस्तर परिवर्तन गर्ने बजेट प्रमुख प्राथमिकतामा रहेको जानकारी उनले दिए ।

आर्थिक वर्ष २०७८/२०७९ का लागि प्रदेश १ सरकारलाई समानीकरण अनुदान ८ अर्ब ५० करोड, सशर्त ५ अर्ब ९६ करोड, विशेष अनुदान ५९ करोड र समपूरक १ अर्ब १६ करोड गरी अनुदान १६ अर्ब ३० करोड प्राप्त हुनेछ । त्यसैगरी राजस्व बाडफाँटबाट ९ अर्ब ६० करोड, आन्तरिक राजस्वबाट ४ अर्ब १० करोड, रोयल्टी २५ करोड गरी राजस्व १३ अर्ब ९५ करोड हुनेछ । सबै अनुदान, राजस्व लगायतको समेत अवस्था हेर्दा प्रदेशको बजेट ३१ अर्ब हुनुपर्ने देखिए पनि सरकारले ३५ अर्बको बजेट प्रस्तुत गर्दै छ ।

आव २०७७/२०७८ मा चालूतर्फ १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार विनियोजन गरिएको थियो । योपटक पनि चालू खर्च १८ अर्बकै हाराहारीको हुनेछ । चालू आवमा पूँजीगत खर्च २१ अर्ब ९२ करोड ५० लाख विनियोजन गरिएको थियो, आगामी आवमा घटेर आउने अनुमान गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)