ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका ५४ ओटा विद्यालयमा फोनबाट पठनपाठन शुरु

२०७८ असार, १  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

असार १, सल्यान । सल्यानका ५४ ओटा विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन शुरु भएको छ । 

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जानकारी गरेको निषेधाज्ञाको समयमा जिल्लाका ६ ओटा स्थानीय तहका ५४ ओटा विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन शुरु भएको हो । 

अहिले विद्यार्थी सिकाई सहजिकरणका लागि अभिभावकको फोन सम्पर्कबाट बालबालिकाहरुको पठनपाठन शुरु गरिएको हो । रुम टु रिडको आर्थिक सहयोग, पढ्नको लागि कोठाको प्राविधिक सहयोग तथा दलित विकास समाज सल्यानको व्यवस्थापनमा जिल्लामा सञ्चालित साक्षरता कार्यक्रम सञ्चालन भएका जिल्लाका ५४ ओटा विद्यालयमा पठनपाठन शुरु भएको हो । 

जसमा शारदा नगरपालिकाका १० ओटा, बागचौर नगरपालिकाका ६ ओटा, सिद्धकुमाख गाँउपालिकाका ५ ओटा, छत्रेश्वरी गाँउपालिकाका १४ ओटा, त्रिवेणी गाँउपालिकाका १० ओटा र कपुरकोट गाँउपालिकाका ९ ओटा विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन शुरु गरिएको हो ।

जसमा कक्षा १ का ८४२ जना र कक्षा २ का ९६८ जना गरेर जम्मा १ हजार ८१० जना विद्यार्थीहरुले अध्ययन गरिरहेको रुम टु रिडका साक्षरता कार्यक्रम अधिकृत बावुराम पोख्रेलले जानकारी दिए । 

उनले निषेधाज्ञाको समयमा अभिभावकहरुसँग घरमै रहेका बालबालिकाहरुलाई उनीहरुको पढाइलेखाइलाई निरन्तरता दिन कठिनाई भएको अवस्थामा फोनबाट नै पठनपाठनको शुरु गरिएको जानकारी दिए ।

‘बालबालिकाहरुलाई फोनबाट नै पढाउन र सिकाउन मिल्ने कुराहरु सिकाई रहेका छौँ, यस कार्यमा अभिभावहरुको पनि राम्रो सहयोग प्राप्त भएको छ’ उनले भने ‘सिकाईलाई निरन्तरता दिनको लागि फोनलाई नै वैकल्पिक विधिको रुपमा लिएका छौँ ।’ सिकाई जहाँ पनि जहिले पनि, भन्ने मान्यतालाई आत्मसात गर्दै पठनपाठन शुरु गरिएको उनको भनाइ छ ।

जसका लागि शिक्षकले विद्यार्थीलाई फोनमार्फत गर्नसक्ने शिक्षणसिकाई सहयोग एक वैकल्पिक शिक्षण सिकाई माध्यम कार्यान्वयन निर्देशिका तयार गरी ती विद्यालयका १०८ जना शिक्षक शिक्षिकाहरुलाई अभिभुखिकरण गरिएको थियो । यसबाट उनीहरुले फोनबाट नै विद्यार्थीहरुलाई नेपालीभाषा शिक्षणको सिकाई क्रियाकलाप सञ्चालन गरिरहेका छन् ।  

विद्यार्थीहरुको पढाइ निरन्तरताको लागि फोन विधिबाट सञ्चालन गरिएको पठनपाठन कार्य महत्वपूर्ण भएको कृष्ण माध्यामिक विद्यालय पोखरीकाँडा की शिक्षिका सिता लम्सालले बताइन् । लामो समयदेखि घरमा बसिरहेका बालबालिकाहरुको सिकाईमा निरन्तरता दिन र विद्यार्थीहरुले पढेको कुरालाई नबिर्सिउन भन्नको लागि यो कार्य महत्वपूर्ण भएको उनको भनाइ छ ।

विद्यालय बन्द भएको अवस्थामा बालबालिकालाई के पढाउने, कसरी पढाउने भनेर अभिभावकहरु अलमलमा परेको अवस्थामा वैकल्पिक पठनपाठन विधि उपयोगि भएको सिर्जनशिल प्राथमिक विद्यालय लेखटाकुरा की शिक्षिका मिना गिरीले बताइन् । उनले अभिभावकहरुको सम्पर्कबाट पठनपाठन गराउन पाउँदा थप सजिलो भएको बताइन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)