ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका ५४ विद्यालयमा फोनबाटै पठनपाठन

२०७८ असार, ३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानका ५४ वटा सामुदायिक विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन सुरु भएको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको समयमा  जिल्लाका ६ स्थानीय तहका ५४ वटा विद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन सुरु भएको हो ।

अहिले विद्यार्थी सिकाइ सहजीकरणका  लागि अभिभावक फोन सम्पर्कबाट बाबालिकाको पठनपाठन सुरु गरिएको हो ।

रुम टु रिडको आर्थिक सहयोग, पढ्नका लागि कोठाको प्राविधिक सहयोग तथा दलित विकास समाज सल्यानको व्यवस्थापनमा जिल्लामा सञ्चालित साक्षरता कार्यक्रम सञ्चालन भएका ५४ वटा विद्यालयमा पठनपाठन सुरु भएको हो ।

शारदा नगरपालिकाका १०, बागचौर नगरपालिकाका ६, सिद्धकुमाख गाउँपालिकाका ५, छत्रेश्वरीका १४, त्रिवेणीका १० र कपुरकोटका ९ विद्यालयमा वैकल्पिक पिधिबाट पठाउन थालिएको हो । यी विद्यालयमा कक्षा १ का ८ सय ४२ जना र कक्षा २ का ९ सय ६८ जना गरेर १ हजार ८ सय १० विद्यार्थीले अध्ययन गरिरहेको रुम टु रिडका साक्षरता कार्यक्रम अधिकृत बाबुराम पोख्रेलले जानकारी दिए ।

निषेधाज्ञाको समय अभिभावकसँग घरमै रहेका बालबालिकाको पढाइलेखाइलाई निरन्तरता दिन कठिन भएपछि फोनबाटै पठनपाठन सुरु गरिएको उनले बताए । ‘बालबालिकालाई फोनबाटै पढाउन र सिकाउन मिल्ने कुरा सिकाइरहेका छौं । यसमा अभिभावकको पनि सहयोग प्राप्त भएको छ,’ उनले भने, ‘सिकाइलाई निरन्तरता दिन फोनलाई नै वैकल्पिक विधिको रूपमा लिएका छौं ।’ सिकाइ जहाँ पनि जहिले पनि भन्ने मान्यतालाई आत्मसात गर्दै पठनपाठन सुरु गरिएको उनको भनाइ छ । शिक्षकले विद्यार्थीलाई फोनमार्फत गर्न सक्ने शिक्षण सिकाइ सहयोग वैकल्पिक शिक्षण सिकाइ माध्यम कार्यान्वयन निर्देशिका तयार गरी ती विद्यालयका १ सय ८ शिक्षक–शिक्षिकालाई अभिभुखीकरण गरिएको छ  ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)