ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णालीका विभिन्न स्वास्थ्य संस्थालाई प्रवासीको अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग

२०७८ असार, ३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

सुर्खेत (अस) । कर्णाली प्रदेश समाज दक्षिण कोरिया र जापानले प्रदेश सरकारलाई अक्सिजन कन्सन्ट्रेटर मेसिन हस्तान्तरण गरेका छन् ।

सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीलाई कर्णाली प्रदेश समाज दक्षिण कोरियाका सल्लाहकार लक्ष्मीप्रसाद बस्नेत र जापानका सल्लाहकार प्रेम रावलले सात थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरे ।

कार्यक्रममा सामाजिक विकासमन्त्री बुढाक्षेत्रीले कोरोना संकटका बेला रोजगारीका लागि विदेश रहेका नेपालीले गरेको सहयोग महत्वपूर्ण हुने बताए । ‘रोजगारीका लागि कोरिया र जापानमा रहेका नेपालीले आफ्नो छाक काटेर कोरोना संकटमा गरेको सहयोगले महामारी नियन्त्रणमा सघाउ पुग्नेछ ।’

कर्णाली प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष प्रकाश बस्नेतले कोरिया र जापानमा रहेका नेपालीले संकलन गरेको रकमबाट सात थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरिएको जानकारी दिए ।

‘कोरोनाका कारण अक्सिजन नपाएर आफन्तले दुःख पाएको हेरेर बस्न सकेनौं,’ अध्यक्ष बस्नेतले भने, ‘छाक कटाएर जम्मा गरेको केही रकमबाट अक्सिजन कन्सन्ट्रेटर मेसिन खरिद गरेर पठाएका हौं ।’

कर्णाली प्रदेश समाज दक्षिण कोरिया र जापानबाट सात थान १० लिटरका अक्सिजन कन्सन्ट्रेटर मेसिन कर्णाली प्रदेश अस्पतालसहित पाँच जिल्लालाई वितरण गरिएको हो ।

कर्णाली प्रदेश समाज जापानका अध्यक्ष कृष्ण शाहीले कर्णाली प्रदेश अस्पतालमा दुई, चौरजहारी मिसन अस्पताल, जाजरकोट जिल्ला अस्पताल, दैलेख जिल्ला अस्पताल, कालीकोटको रासकोट अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एक–एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराइएको बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)