ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली प्रदेश सरकार : आन्तरिक स्रोतबाट ६० करोड राजस्व संकलन गर्ने लक्ष्य

२०७८ असार, ४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

वीरेन्द्रनगर । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷७९ मा आन्तरिक स्रोतबाट ६० करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । आगामी बजेटको स्रोतबारे जानकारी दिँदै आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आन्तरिक राजस्वमा वृद्धि गरिने जानकारी दिए ।

आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ६० करोड, चालू आर्थिक वर्षको खर्च नभई बाँकी रहने अनुमानित रकम १२ अर्ब ९२ करोड १६ लाख ८१ हजार, संघीय सरकारबाट राजस्व बाँडफाँटबापत प्राप्त भएको रकम ७ अर्ब ४४ करोड ७७ लाख, वित्तीय समानीकरण अनुदानबाट प्राप्त भएको १० अर्ब १४ करोड २१ लाख र सशर्त अनुदानबाट ३ अर्ब ९८ करोड ७७ लाख परिचालन गरिने उल्लेख छ ।

त्यसैगरी नेपाल सरकारबाट समपूरक अनुदानबापत ८१ करोड ३५ लाख र विशेष अनुदानबापत ६१ करोड ३० लाख प्राप्त हुने अनुमान गरिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)