ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ब्लड बैंकका लागि भवन बन्यो, सञ्चालन भएन

२०७८ असार, ४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा ब्लड बैंक स्थापनाका लागि भवन निर्माण भएको एक वर्ष बित्तिसक्दा समेत सेवा सञ्चालनमा आउन सकेको छैन । सल्यान प्रदेशसभा ‘ख’बाट निर्वाचित कर्णाली प्रदेश सरकार सभा सदस्य तथा पूर्व आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाको पूर्वाधार विकास कार्यक्रममार्फत ब्लड बैंक स्थापनाका लागि भवन निर्माण गरिएको थियो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानमार्फत निर्माण गरिएको भवनमा ब्लड बैंक सञ्चालनमा नआउँदा विशेष किसिमका बिरामीको उपचार प्रभावित हुँदै आएको छ । जटिल प्रकारका बिरामीको उपचार तत्कालै गर्नुपर्ने भए पनि जिल्लामा ब्लड बैंक नहुँदा समस्या हुने गरेको छ ।

स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले आवश्यक जनशक्ति अभावले ब्लड बैंक सञ्चालन गर्न नसकिएको बताए । यसबारे नेपाल रेडक्रस सोसाइटी, शारदा नगरपालिका र प्रदेश सरकारको ध्यानाकर्षण गराइएको उनको भनाइ छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सल्यानका सभापति यौवन प्रकाश श्रेष्ठले ब्लड बैंक सञ्चालनका लागि आवश्यक पर्ने औजार, उपकरण भए पनि जनशक्ति नहुँदा समस्या भएको बताए । रेडक्रस आफैले जनशक्ति पदपूर्ति गरेर सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । जनशक्तिको व्यवस्था गर्र्न सके ब्लड बैंक सञ्चालनमा ल्याउन कुनै समस्या नहुने उनले बताए ।

जिल्ला अस्पताल सल्यानमा ब्लड बैंक नहुँदा आकस्मिक रूपमा रगत चाहिएका बिरामीले समस्या बेहोर्नु परेको छ । बिरामीलाई रगत चाहिएको बेला व्यक्ति नै उपस्थित भएर रगत दान गर्नुपर्ने अवस्था छ । अहिले इमर्जेन्सी कक्षमा रगत नपाएर बिरामी छट्पटाइरहँदा रक्तदाता खोज्नुपर्ने बाध्यता अस्पतालको छ ।

जिल्ला अस्पताल सल्यानका डा. भीमकान्त जैसीले भने, ‘अहिले जिल्लामा मोबाइल ब्लड बैंक सञ्चालन भइरहेको छ, तर आकस्मिक रूपमा रगत चाहिएको अवस्थामा बिरामीका आफन्त, स्वास्थ्यकर्मी, नेपाल प्रहरी, नेपाली सेना खोज्नुपर्ने बाध्यता छ ।’ गाउँबाट उपचारमा आएका कतिपय बिरामीको तत्कालै शल्यक्रिया गर्नुपर्ने भए पनि समयमा रगत उपलब्ध नहुँदा ज्यान जोखिममा पर्ने गरेको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)