ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

निषेधाज्ञाले रोक्यो दूध बिक्री

२०७८ असार, ४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानका पशुपालक किसानले उत्पादन गरेको दूध बिक्री हुन सकेको छैन । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालयले झन्डै डेढ महिनादेखि जारी गरेको निषेधाज्ञाका कारण दूध बिक्री हुन नसकेको हो ।

दूध बिक्री नभएपछि पशुपालन तथा दूध बिक्री गरेर जीविकोपार्जन गर्दै आएका किसान बढी मर्कामा परेका छन् । दुग्ध व्यवसायीले दूध खरिद कम गरेपछि व्यवस्थापन गर्न समस्या भएको किसानको भनाइ छ ।

कोरोनाको त्रास र निषेधाज्ञाले जिल्लाका व्यावसायिक दूध किसान निकै मर्कामा परेका छन् ।

किसानले उत्पादन गरेको दूध बिक्री गर्न सकिरहेका छैनन् । एकातिर उपभोक्ताले दूध खान पाएका छैनन् भने अर्कातिर किसानलाई दूध कहाँ लगेर बेच्ने भन्ने पिरलो छ ।

दूध बिक्री नहुँदा मासिक १ लाख ५० हजारका दरले घाटा लागिरहेको त्रिवेणी गाउँपालिका–६ लुहामका किसान कृष्णकुमार रेउलेले बताए । ‘अहिले निषेधाज्ञा छ ।

गाईलाई दूध नदेऊ भन्ने कुरै भएन । तर, दूध कहाँ लगेर बेच्ने भन्ने पिरलो छ,’ उनले भने ।

६ वर्षदेखि कृष्ण गाई फार्म सञ्चालन गर्दै आएका रेउलेले दैनिक १ सय २० लिटरभन्दा बढी उत्पादित दूधले बजार नपाएको गुनासो गरे । ‘२० वटा गाईबाट बिहान–साँझको दूध १ सय २० लिटरभन्दा बढी हुन्छ । पहिले डेरी खुला थिए र लिन्थे तर आजभोलि निषेधाज्ञाले दूध नै बिक्री भएको छैन,’ उनले भने ।

निषेधाज्ञाले दूध मात्र बिक्री गर्न समस्या नभई वस्तुभाउलाई खुवाउने दाना ल्याउनसमेत समस्या भइरहेको रेउलेले  बताए । ‘दाना ल्याउन दाङ जाँदा पास नभएको भन्दै प्रहरीले बीच बाटोबाटै फर्काइदियो’, उनले भने ।  निषेधाज्ञामा सवारी साधन नचल्दा दूध ढुवानीमा समस्या भएको सिद्ध कुमाख गाउँपालिका–१ पटोरका किसान राजेशकुमार बस्नेतले बताए । दैनिक ४५ लिटर दूध उत्पादन भए पनि आफ्नो साधन नहुँदा डेरीसम्म पुर्‍याउन सास्ती भोग्नु परेको उनको गुनासो छ । ‘निषेधाज्ञाअघि दूध बिक्रीबाट मासिक ८० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको भए पनि अहिले आम्दानी घटेको उनले जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)