ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बजेट शतप्रतिशत कार्यान्वयन हुन्छ : मन्त्री शर्मा

२०७८ असार, ६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वीरेन्द्रनगर । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले आगामी आर्थिक वर्षको बजेट शतप्रतिशत कार्यान्वयन गरिने दाबी गरेका छन् । बजेट देखाउन नभई कार्यान्वयन गर्ने उद्देश्यले ल्याइएको उद्घोष उनले गरे । ‘यो बजेट सुनाउन र देखाउन ल्याइएको होइन,’ मन्त्री शर्माले भने, ‘सरकारले आगामी आर्थिक वर्षको बजेट शतप्रतिशत कार्यान्वयन गर्ने क्षमता राख्छ ।’ सोही अनुसार असार–साउनमा संयन्त्र बनाइने र असोजदेखि कार्यान्वयनमा लैजाने उनले बताए ।

उत्पादनलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याइएको दाबी मन्त्री शर्माले गरे । ‘सोहीअनुसार दूध उत्पादनमा प्रोत्साहन गर्न हिमाली जिल्लामा प्रतिलिटर १० र अन्य पहाडी जिल्लामा तीन रुपैयाँ अनुदान दिने कार्यक्रम बजेटमा राखेका हौं,’ उनले भने, ‘प्रत्येक घरमा स्वरोजगार बनाउने उद्देश्यले ब्याज अनुदान दिन १ अर्ब बजेट छुट्याइएको छ ।’

कृषि उद्योगलाई विद्युत् महशुलमा ५० प्रतिशत अनुदान दिने, पाँच रोपनीभन्दा बढी जग्गामा तरकारीखेती, १ सयभन्दा बढी फलफुलका बिरुवा लगाएका कृषकलाई ५० हजार अनुदान, घुम्ती गोठ सञ्चालन गर्ने, भेडाच्यांग्रा पालक कृषकलाई वार्षिक १२ हजार अनुदान र ठूला सिँचाइ आयोजना प्रदेश सरकारको बजेट प्राथमिकतामा राखिएका छन् ।

यस्तै नागरिकको जीवनस्तरमा सुधार  ल्याउने उद्देश्यले प्रदेश सरकारले  प्राविधिक धारका विद्यालय, शहीद परिवार तथा अपांगता भएका नागरिकलाई जीवन निर्वाह भत्ता, शहीद परिवारका सन्ततिका लागि निःशुल्क उच्च शिक्षा, सहुलियत ऋण कर्जा कार्यक्रम, सामाजिक रूपान्तरणका लागि जातीय छुवाछुत र छाउबिरुको कुसंस्कार अन्त्यका लागि किशोरी क्लब कार्यक्रम, जडीबुटी प्रशोधन उद्योग जस्ता कार्यक्रम बजेटमा समेटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)