ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दुई अर्बभन्दा बढिको बजेट ल्याउँदै इटहरी उपमहानगर

पुरानै विकाशे योजनालाइ प्राथमिकता

२०७८ असार, ८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

असार ८, सुनसरी । पुरानै विकाशे योजनालाई प्राथमिकता दिदै सुनसरीको इटहरी उपमहानगरपालिकाले नयाँ आर्थिक वर्ष २०७८/८९ का लागि दुई अर्बभन्दा बढिको बजेट ल्याउने तयारी थालेको छ । 

चालू आर्थिक वर्षको तुलनामा करीब ५२ करोड बढीको बजेट बनाउने तयारी थालेको छ । उपमहानगरकी उपमेयर तथा राजस्व परामर्श समितीकी संयोजक लक्ष्मी गौतमका अनुसार उपमहानगरले आउँदो वर्षका लागि आकार बढाएर २ अर्ब ३० करोडको हाराहारीमा नयाँ बजेट ल्याउने तयारी थालेको हो । असार १० गतेसम्म बजेट तथा कार्यक्रम सार्वजनिक गरिसक्ने तयारी छ । 

चालू वर्षमा विनियोजन गरिएको बजेटमध्ये करीब ३० करोड रूपैयाँ कोरोना महामारीका कारण खर्च हुन नपाएकोले आर्थिक वर्ष २०७८/७९ मा बजेटको आकार बढेर २ अर्ब ३० करोडको हाराहारीमा पुग्ने उनको भनाइ छ । 

आगामी आर्थिक वर्षको बजेटमा पुरानै विकाशका आयोजनाहरूलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । अहिले देखिएको नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण नियन्त्रणलाई प्रमुख प्राथमिकता दिदैं अघिल्लो वर्षहरूमा पूरा नभएका विकाशका योजनाहरूलाई आगामी वर्षमा सम्पन्न हुनेगरी काम अघि बढाइने उनले बताइन् । 

कोरोना कहरका कारण इटहरीमा रोकिएका तीन ओटा ठूला महत्वपूर्ण आयोजनाहरु यस वर्षदेखि सञ्चालनमा आउने गरी काम थालिने बताइएको छ । ६ लेन राजमार्गको कारण देखिएको पार्किङ समस्यालाइ मध्यनजर गर्दै स्मार्ट पार्किङको योजना नयाँ आर्थिक वर्षमा पनि प्राथमिकताका साथ राखिएको उपमेयर गौतमले बताईन् ।

त्यस्तै, उपमहानगर क्षेत्रमा नगर बस सञ्चालन, रात्रि बजार, गोलचौकमा विश्व मानचित्रमा नेपाल देखिने नेपालको नक्सा सहित पृथ्वी आकारको स्मारक निर्माण जस्ता योजनाहरू पनि प्राथमिकतामा राखिएको छ । त्यस्तै चालू आर्थिक वर्षमा सम्पन्न नभएका कल्भर्ट, राजमार्ग निर्माणका कामहरूलाई आगामी वर्षको बजेटमा प्राथमिकता दिदैं काम अघि बढाइने उनले बताईन् । 

गत वर्षको तुलनामा यस वर्ष उपमहानगरमा राजस्व संकलनमा गिरावट देखिएपनि खर्च नभएका रकमलाई यहि आउने आर्थिक वर्षमा जोड्दै महत्वपूर्ण आयोजनामा खर्च गरिने उपमहानगरले जानकारी दिएको छ । गत वर्ष २०७६/७७ मा १८ करोड सम्मको राजस्व संकलन गरेको उपमहानगरले चालू वर्ष १६ करोड ८८ लाख ३ हजार मात्रै राजस्व संकलन गरेको राजस्व शाखाका प्रमुख नविन भट्टराइले बताए ।

करीब ३८ करोड राजस्व संकलनको लक्ष्य बोकेको उपमहानगरले यो वर्ष कोरोना कहरकै कारण व्यापार खस्किदा राजस्व पनि गुमेको शाखाका प्रमुख भट्टराइ बताउँछन् । चालू वर्षमा उपमहानगरले १ अर्ब ७८ करोडको बजेट विनियोजन गरेकोमा कोरोना कहरका कारण ५७ प्रतिशत मात्रै खर्च भएको जानकारी दिइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)