ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धनकुटा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण

२०७८ असार, ८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

असार ८, धनकुटा । धनकुटा अस्पताललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । अस्पतालमा आउने कोभिड बिरामीको उपचार र प्रयोजनको लागि विभिन्न प्रकारका स्वास्थ्य सामग्री उपलब्ध गराइएको हो ।

चर्चित हास्य कलाकार दिपक प्रसाद आचार्य काकु, नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय उपाध्यक्ष सुन्दरवावु श्रेष्ठको पहलमा बोधिसत्व बिहार, काठमाडौंबाट नि:शुल्क प्राप्त स्वास्थ सामग्री तथा स्वास्थ्य उपकरण सहयोग गरिएको हो । 

स्वास्थ्य सामग्री ३५ ठाउँमा वितरण गर्ने योजना रहेको भएपनि १३ ठाउँमा मात्रै वितरण गर्न सकिएको कलाकार दिपक प्रसाद आचार्यले बताए । उनले १३ ठाउँमा एक करोड १० लाखभन्दा बढीको स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिए । 

धनकुटा जिल्ला अस्पताल सहित साँगुरीगढी गाउँपालिका, धनकुटा नगरपालिका, छथर जोरपाटी गाउँपालिका, तांखुवा स्वास्थ्य चौकी, हात्तिखर्क स्वास्थ्य चौकी, परेवादिन स्वास्थ्य चौकी, कोभिड अस्पताल जोरपाटी, महालक्ष्मी नगरपालिका, मुर्तिढुंगा स्वास्थ्य चौकी, लेगुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । 

यस्तै मोरङको बेलबारी नगरपालिका र सुन्दर स्वास्थ्य चौकी सुन्दर हरैचाँलाई पनि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको आचार्यले बताए । धनकुटा अस्पताललाई पीपीई ५० थान, एन ९५ माक्स २५० पिस, सर्जिकल माक्स एक हजार पिस, सर्जिकल ग्लोब्स १०० थान, सव ग्लोब्स २०० थान, पर्ल अक्सिमिटर ४ थान, फेससिल्ड ५० थान, ग्लोकुमिटर र स्प्रे क्यान एकएक थान हस्तान्तरण गरिएको छ ।

यस्तै हेयर क्याम्प २०० थान, हेण्डवास ३० लिटर, सेनिटाइजर २० लिटर, मेडिथान बक्स एक थान र नोजल क्रोम १ पाकेट हस्तान्तरण गरिएको नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय उपाध्यक्ष सुन्दरवावु श्रेष्ठले जानकारी दिए । 

स्वास्थ्य सामग्री कलाकार आचार्य, नेपाल राष्ट्रिय अभिभावक संघका केन्द्रिय उपाध्यक्ष श्रेष्ठले अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन डा. पुजन विश्वकर्मालाई हस्तान्तरण गरेका हुन् स्वास्थ्य सामग्री पाएपछि कोभिड उपचारमा सहज हुने डा. विश्वकर्माले बताए ।

यस्तै नेत्रज्योती संघ धनकुटाले पनि धनकुटा अस्पताललाई ५० थान पीपीई हस्तान्तरण गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)