ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ मा सार्वजनिक सवारीमा जोरबिजोर लागू गर्न माग

२०७८ असार, ८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

असार ८, धरान । कोरोना संक्रमण नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण व्यवसायबाटै पलायन हुने अवस्था आएको भन्दै जोरबिजोर प्रणाली लागू गर्दै सार्वजनिक यातायात खुलाउन प्रदेश १ का यातायात व्यवसायीले माग गरेका छन् । स्वास्थ्य मापदण्ड पूरा गरेर जोरबिजोर प्रणालीबाट सार्वजनिक यातायातका सवारीसाधन चलाउने व्यवस्था मिलाउन माग गर्दै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, १ नम्बर प्रदेश समितिले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने अभियान अन्तर्गत सोमवार झापा र सुनसरीमा ज्ञापनपत्र बुझाइएको हो ।

महासंघ प्रदेश १ का संयोजक सरोज श्रेष्ठ र सुनसरी जिल्ला समन्वय समितिका संयोजक धु्रवराज घिमिरेद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा हाल कोरोना संक्रमण दर न्यून हुँदै गएकाले आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर जोरबिजोर प्रणालीमा सवारीसाधन सञ्चालन गर्न दिनुपर्ने उल्लेख छ । देशको राजधानी लगायत केही ठाउँमा मंगलवारदेखि बजार खोल्ने र निजी सवारीसाधनलाई जोरबिजोरको आधारमा चल्न दिने सरकारले निर्णय गरे अनुसार प्रदेश १ मा पनि सोही अनुसारको व्यवस्था गर्न माग गरिएको हो । 

गतवर्षको लकडाउन अवधिको बैंक ब्याज, किस्ता समेत भुक्तानी नभइसकेको अवस्थामा पुनः अहिलेको निषेधाज्ञाले यातायात क्षेत्र धराशयी हुन पुगेको ज्ञापनपत्रमा भनिएको छ । गतवर्ष केही संघसंस्थाले राहत दिँदा श्रमजीवी व्यवसायी एवं मजदूरलाई राहत भए पनि अहिले कहीँकतैबाट राहत नआउँदा बढी मार परेको बताइएको छ ।

सवारी चालक, सहचालक, यातायात कर्मचारी तथा यातायात व्यवसायीमा कोरोना संक्रमणको जोखिम बढी रहेकोले कोरोना विरुद्धको खोपको व्यवस्थाका लागि आवश्यक पहल गरिदिन समेत ज्ञापनपत्रमा अनुरोध गरिएको छ । 
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)