ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्राकृतिक स्रोतसाधन परिचालन गर्ने जनशक्ति तयार पार्नुपर्नेमा जोड

२०७८ असार, १०  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

वीरेन्द्रनगर । पाँच प्राकृतिक स्रोतसाधन (जल, जंगल, जमीन, जडीबुटी र जैविक विविधता)को प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति तयार पार्नुपर्नेमा कर्णाली प्रदेश कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले जोड दिएका छन् । भर्चुअल माध्यमबाट हालै भएको मध्यपश्चिम विश्वविद्यालयको ११औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख कलौनीले दक्ष जनशक्ति उत्पादनमार्फत विश्वविद्यालयले समृद्ध प्रदेश निर्माणका लागि महŒवपूर्ण कार्यभार पूरा गर्न सक्ने बताएका हुन् ।

प्रदेशमा उपलब्ध प्राकृतिक स्रोत र साधनको समुचित प्रयोग तथा परिचालन गर्न सक्ने जनशक्ति उत्पादनमा ध्यान दिन विश्वविद्यालयलाई उनले सुझाव समेत दिए । संघीय सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ र प्रदेश सरकारको ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’को उद्देश्य पूरा गर्न पनि कर्णालीमा उपलब्ध प्राकृतिक स्रोत र साधनको उपयोग अपरिहार्य रहेको उनले औंल्याए । ‘पाँच जको प्रयोग र परिचालन गर्न सक्ने जनशक्ति उत्पादन गर्दै अध्ययन, अध्यापन र अनुसन्धानमार्फत विकास र समृद्धिको यात्रा तय गर्न सकिन्छ,’ उनले भने । मध्यपश्चिम विश्वविद्यालयले आफ्ना कार्यक्रमलाई समसामयिक रूपमा परिमार्जन गर्दै अध्ययन, अध्यापन र अनुसन्धानलाई यसतर्फ केन्द्रित गरेर उल्लिखित कार्यभारलाई परिपूर्ति गर्नतर्फ भूमिका निर्वाह गर्ने विश्वास प्रदेश प्रमुखले कलौनीले व्यक्त गरेका छन् ।

विश्वविद्यालयको भूमिका बृहत् रहेकोतर्फ संकेत गर्दै उनले यस क्षेत्रमा रहेका अनेकौं सम्भावना र लुकेर रहेका वैभवलाई खोज, अन्वेषण र अनुसन्धानका माध्यमबाट प्रयोग गर्न सके ‘समृद्ध कर्णाली, सुखारी कर्णालीवासी’को परिकल्पना पूरा हुन धेरै समय कुर्न नपर्ने दाबी गरे । ‘यसका लागि पनि योग्य र दक्ष जनशक्ति आवश्यक छ,’ प्रमुख कलौनीले भने, ‘बाह्रौं वर्ष प्रवेश गर्दै गरेको यस क्षेत्रको उच्च शिक्षाको केन्द्र मध्यपश्चिम विश्वविद्यालयको नेतृत्वलाई यसतर्फ आफ्ना कार्यक्रम केन्द्रित गर्न ध्यानाकर्षण गराउन चाहन्छु ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)