ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिमकोटको नीति तथा कार्यक्रम : कृषि र पर्यटनमा जोड

२०७८ असार, १०  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

असार १०, हुम्ला । सिमकोट गाउँपालिकाले आव २०७८/०७९ को नीति तथा कार्यक्रममा जडिबुटी, पर्यटन, जलविद्युत्, स्याउ, ओखर, चिनो, काउनी, आलु, सिमी, फापर, महलगायत फलफूल तथा नगदेबालीको प्रवर्द्धन पहिलो प्राथमिकता राखेको छ । 

त्यस्तै घरेलु उद्योग विकासलाई प्राथमिकता दिइने छ । पर्यकीयस्थलको पहिचान गरेर १० हजारभन्दा बढी पर्यटक गाउँपालिकामा भित्र्याइने लक्ष्यसमेत राखिएको  छ ।  

पर्यटकीयस्थल खार्पुनाथ र शिव मन्दिर, रलिङ गुम्बा, पञ्चमुखी हिमाल, दूधेदहलगायतमा सडक विस्तार तथा सुधार गर्नमा जोड दिइने छ ।

गाउँपालिकाका उपाध्यक्ष बली रावतले आव २०७८/०७९ को बजेट प्रस्तुत गरेका थिए । चालुतर्फ ५८ दशमलव शून्य ९ र पूँजीगततर्फ ४१ दशमलव ९ प्रतिशत बजेट प्रस्तुत गरिएको थियो । 

गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सडक निर्माणमा पहिलो प्राथमिकता दिइने बताए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)