ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली प्रदेशमा निको भए ९१% कोरोना संक्रमित

२०७८ असार, १३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

असार १३, सुर्खेत । कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना संक्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना संक्रमण जितेर घर फर्कनेको संख्या १२४ पुगेको छ ।

कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पीसीआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकोमा २७ हजार ७३५ जनामा संक्रमण पुष्टि भएको विज्ञप्ति स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशको सार्वजनिक गरेको छ । कुल संक्रमितमा २५ हजार १२९ अर्थात् (९१ प्रतिशत) ले कोरोना जितेर घर फर्केको निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए ।

‘पछिल्लोे दुई सातायता कोरोना संक्रमण दर ओरालो लागेको छ । अहिले संक्रमितभन्दा निको हुनेको संख्या बढ्दै गएको छ’, निर्देशक डा खड्काले भने, ‘नयाँ भेरियन्टसहितको कोरोना महामारीका कारण गत वैशाख १० गतेयता बढेको त्रासदी पनि कम हुँदै गएको छ । यसले संक्रमण जित्नेको आत्मबल बढेको पाएका छौँ ।’

आइसोलेशनमा बस्ने दुई हजार संक्रमितको संख्या घटेर एक हजार २३० मा पुगेको उनले बताए । उनका अनुसार मृत्युको संख्यामा पनि कमी आएको छ । पछिल्लो २४ घण्टामा ११० जनामा कोरोना पुष्टि भएको र संक्रमणबाट तीन व्यक्तिको मृत्यु भएसँगै हालसम्म यो प्रदेशमा ३०७ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् ।

कोरोना महामारीबाट यो प्रदेशमा सबैभन्दा ठूलो क्षति सुर्खेतलाई पुगेको छ । सुर्खेतमा हालसम्म १७७, सल्यानमा ५०, रुकुमपश्चिममा २९, दैलेखमा २२ र जुम्लामा आठ जनाको मृत्यु भएको निर्देशनालयले जानकारी दिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)