ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा मुख्यमन्त्री रोजगार कार्यक्रमको ३७ करोड

शारदा र बन्गाडको बजेट फ्रिज हुँदै

२०७८ असार, १३  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन

सल्यान । मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत सल्यानमा प्राप्त भएको पौने ३७ करोड रुपैयाँ खर्च हुने भएको छ । जिल्लाका सात गाउँपालिका र तीन नगरपालिकामा गरेर चालू आर्थिक वर्षमा ३६ करोड ८५ लाख रुपैयाँ खर्च गर्न लागिएको हो । अहिले जिल्लाका ८ ओटा स्थानीय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत प्राप्त भएको बजेटको धमाधम काम भइरहेको छ ।

बेरोजगारलाई स्थानीयस्तरमै रोजगारीका अवसर सृजना गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लामा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेका स्थानीय तहहरूले अधिकांश काम सम्पन्न भइसकेको र केही अन्तिम चरणमा पुगेको बताएका छन् । प्राविधिक सहितको टोलीको अनुगमनपछि रकम भुक्तानीको थालनी गरिने बताइएको छ ।

दार्मा गाउँपालिका अध्यक्ष नीमबहादुर केसीले मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत आफ्नो स्थानीय तहका झण्डै १३ सय नागरिकले रोजगारी पाएको बताए । यस गाउँपालिकामा २ करोड ६९ लाख रुपैयाँ प्राप्त भएको थियो ।

बागचौर नगरपालिकाका रोजगार संयोजक नवराज डाँगीले नगरमा प्राप्त भएको ५ करोड ४७ लाख रुपैयाँबाट २९ ओटा योजनामध्ये अधिकांश सञ्चालन भइरहेको जानकारी दिए । नयाँ सडक निर्माण, स्तरोन्नति तथा सिँचाइ कुलो निर्माण लगायत कार्यमा नगरका करीब २ हजार नागरिकले रोजगारी पाएको उनले बताए ।

सिद्धकुमाख गाउँपालिकाका रोजगार संयोजक रामकुमार डाँगीले गाउँपालिकाका झण्डै ७ सय नागरिकले रोजगारी प्राप्त गरेको बताए । गाउँपालिकामा २ करोड १३ लाख रुपैयाँ प्राप्त भएको र प्रत्येक वडामा दुईओटाका दरले योजना छनोट गरी काम सञ्चालन गरिएको जानकारी उनले दिए ।

कुमाख गाउँपालिकाका रोजगार संयोजक वसन्त पुनले गाउँपालिकामा आएको ३ करोड ३९ लाख रुपैयाँबाट १५ ओटा योजना छनोट गरेर कार्यान्वयन गरिरहेको जानकारी दिए, जसबाट सडक निर्माण, नाला निर्माण, पर्खाल निर्माण लगायत काममा झण्डै १ हजार नागरिकले रोजगारी पाएका छन् ।

त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी पहलमान वलीले मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि छनोट भएका अधिकांश योजनाको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)