ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्याउ प्रकरणमा छानबिन समितिले बुझायो प्रतिवेदन

दुई निर्दाेष, चार प्रहरीलाई कारबाही सिफारिश

२०७८ असार, १५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । कोभिड–१९ को कारण नेपाल–भारत सीमानाका सिल भएको अवस्थामा नेपाली नम्बर प्लेटका तीनओटा मिनी ट्रकमा १३ सय ५० कार्टुन स्याउ भारत पु¥याइएको प्रकरणमा नेपाल प्रहरीको संलग्नताबारे छानबिन समितिले ११ दिनपछि प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा निलम्बन गरिएका दुई प्रहरी निर्दाेष रहेको र चार जना दोषी देखिएकाले कारबाहीको सिफारिश गरिएको छ ।

भारतीय प्रहरीले जेठ ३० गते नेपाली नम्बरका तीनओटा गाडीबाट १३ सय ५० कार्टुन चिनियाँ स्याउ बरामद गरेपछि सीमामा तैनाथ सुरक्षाकर्मी उपर अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेको थियो । स्याउ तस्करी काण्डको अनुसन्धान गर्न गठित नेपाल  प्रहरीको टोलीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रतिवेदन बुझाएको टोलीका संयोजक एसएसपी राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए । घटनालगत्तै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले तत्कालीन संघीय प्रहरी इकाइ कार्यालयका एसएसपी चौधरीको नेतृत्वमा पाँचसदस्यीय छानबिन टोली गठन गरेको थियो । छानबिनपछि टोलीले अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

दुवैतर्फ नाका सिल भएको अवस्थामा स्याउ बोकेका नेपाली नम्बर प्लेटका गाडी सजिलै भारतीय भूमिसम्म पु¥याइएपछि सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको संलग्नताबारे प्रश्न उठेको थियो ।

आफूहरूको ११ दिने अनुसन्धानबाट कल डिटेल र अन्य प्रमाणका आधारमा अनुसन्धान गरी स्याउ तस्करी गराउन संलग्न देखिएका चार प्रहरीलाई कारबाहीका लागि सिफारिश गरिएको अनुसन्धान अधिकृत एसएसपी चौधरीले बताए । उनका अनुसार जेठ २९ गते राति १२ र १ बजेको बीचमा हरिपुर चोकको बाटो हुँदै लाही नाकाबाट चिनियाँ स्याउ बोकेका ट्रक भारतसम्म पु¥याइएको थियो ।

घटनापछि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सई गंगा थापा, अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की र अस्थायी प्रहरी चौकी कोशी कटानका असई आशनारायण चौधरीलाई निलम्बन गरेको थियो ।

अनुसन्धानको क्रममा सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सई थापा र कोशी कटानका असई चौधरी निर्दोष देखिएका छन् भने अस्थायी प्रहरी चौकी श्रीपुरका असई  कार्की र हवल्दार वीरेन्द्र यादव अनुसन्धानको क्रममा दोषी देखिएको एसएसपी चौधरीले जानकारी दिए । साथै अस्थायी प्रहरी चौकी हरिपुरका असई भूपराज पोखरेल र प्रदेश प्रहरीका घुमुवा सई किरण मोक्तान गरी चारजना प्रहरी अनुसन्धानका क्रममा दोषी देखिएकाले उनीहरूलाई कारबाहीका लागि सिफारिश गरिएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वराह वाहिनी मुख्यालय पकली सुनसरीले समेत एसएसपी प्रकाश थापाको नेतृत्वमा तीनसदस्यीय छानबिन टोली गठन गरेकोमा उक्त टोलीले समेत अनुसन्धान प्रतिवेदन बुझाएको छ । छानबिन समितिले प्रतिवेदन बुझाएको र आवश्यक छानबिन भइरहेको सशस्त्र प्रहरी बल वराह वाहिनी पकलीका डीआईजी वंशीराज दाहालले जानकारी दिए । प्रतिवेदनका आधारमा दोषी देखिएका सशस्त्र प्रहरीलाई कारबाही हुने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)