ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा ७५ प्रतिशत धान रोपाइँ

२०७८ असार, १७  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा ७५ प्रतिशत धान रोपाइँ सकिएको छ । समयमै मनसुन शुरू भएको र खोलाहरूमा पानीको सतह बढेकाले जिल्लामा धान रोपाइँ बढेको हो । जिल्लामा अब २५ प्रतिशत मात्रै धान रोप्न बाँकी रहेको कृषि विकास कार्यालय सल्यानले बताएको छ ।

सिँचाइ सुविधा भएका क्षेत्रमा असारको पहिलो साता नै लगभग धान रोपाइँ सकिएको छ । बाँकी क्षेत्रमा पनि समयमै पानी परेकाले धान रोपाइँ धमाधम रूपमा भइरहेको कार्यालयका प्रमुख महेश आचार्यले जानकारी दिए ।

जिल्लाको उत्तर पूर्वी क्षेत्रमा धान रोपाइँ लगभग सकिएको बताए । ‘बन्गाड कुपिण्डे नगरपालिका, कालिमाटी गाउँपालिका र कपुरकोट गाउँपालिकामा कम मात्रामा धान रोपाइँ भएको छ,’ उनले भने । किसानले समयमै धान रोपेकाले गतवर्षको तुलनामा यस वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको गरिएको छ । जिल्लाका किसानले बढी मात्रामा रामधान, सुक्खा ३, सुक्खा १, कञ्चन लगायत जातको धान रोप्दै आएका छन् ।

धानको गोडमेल गर्न, पानीको आवश्यकता हेरेर सिँचाइ गर्न र धान फुल्ने तथा फल लाग्ने समयमा रोगकीरा बढी मात्रामा लाग्ने भएकाले सजगता अपनाउन किसानलाई कार्यालयले आग्रह गरेको छ । जिल्लाभर ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । गतवर्ष जिल्लामा २९ हजार ७१९ मेट्रिक टन धान उत्पादन भएको थियो भने १६ मेट्रिक टन घैया धान उत्पादन भएको थियो ।

कृषि विकास कार्यालय सल्यानका प्रमुख आचार्यले कृषिलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्दै लगिएको बताए । उत्पादनको लागत कम गर्दै कृषकलाई नाफा हुनेगरी व्यावसायिकता विकासका लागि कार्यक्रम सञ्चालन गरिँदै आएको छ । विगतमा गोरुको सहायताले खेत जोत्दै आएका जिल्लाका कृषकले पछिल्लो समय मेशिन (मिनी टिलर)को प्रयोग गर्दै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)