ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जुम्लाको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात

२०७८ असार, १८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

खलंगा । जुम्लाको जैविक (अर्गानिक) पहिचान बोकेको सिमी, कोदो र मार्सी चामल क्यानडा निर्यात गरिएको छ ।

१८ टन मार्सी चामल, सिमीको दाल र कोदो क्यानडा निर्यात गरिएको हो । कर्णाली सेफ एन्ड सुपरफुड इन्डस्ट्रीका कार्यकारी प्रमुख राज शाहीले १४ टन मार्सी चामल, चार टन सिमीको दाल र एक टन कोदो निर्यात गरिएको बताए ।

क्यानडास्थित लायम फुड कर्पोरेशन ओन्टारियो टोरान्टो कम्पनीले जुम्ली उत्पादन खरिद गरेको हो । मार्सी चामल, कोदो र सिमीको कार्टुनमा नेपाली झन्डा अंकित लोगो
राखिएको छ ।

लेबलिङ र प्याकेजिङ तथा प्रोसेसिङको काम सबै नेपाली माटो नामक संस्थाले गरेको हो ।   
 
यहाँको सिञ्जा क्षेत्रबाट १३ र तातोपानी गाउँपालिका–४ गिडीखोलाबाट एक टन मार्सी काठमाडौं पुर्‍याइएको थियो । पहिलो पटक जुम्ली उत्पादन क्यानडा निर्यात भएपछि स्थानीय खुसी छन् ।  जीवनबहादुर खत्रीका अनुसार स्थानीय उत्पादन क्यानडा निर्यात भएपछि किसानमा हौसला थपिएको छ ।

अहिले किसानले खेतीयोग्य जमिनको उपयोग गर्न थालेका छन् । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)