ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा मुख्य दुई सडकका लागि ६२ करोड विनियोजन

२०७८ असार, २०  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानको ‘लाइफ लाइन’का रूपमा रहेका दुईओटा प्रदेश महŒवका सडकको कालोपत्रका लागि ६२ करोड रुपैयाँ विनियोजन भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत जोड्ने लुहाम–काभ्रा–रामबजार– कालिमाटी–रामपुर सडक र रुकुम पश्चिम जोड्ने थारमारे–बडागाउँ– चौरजहारी सडकको कालोपत्रका लागि उक्त बजेट विनियोजन गरिएको हो ।

कालिमाटी रामपुर–काभ्रा–रामबजार, लुहाम त्रिवेणी सडक कालोपत्रका लागि संघीय सरकारले १७ करोड ३७ लाख र प्रदेश सरकारले १७ करोड ३७ लाख रुपैयाँ समपूरक बजेट विनियोजन गरेका छन् । यस्तै समपूरक बजेटमार्फत नै थारमारे, बडागाउ हुँदै चौरजहारी जोड्ने सडकका लागि संघीय सरकारको १३ करोड ६५ लाख र प्रदेश सरकारको १३ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ । प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री एवं सल्यान प्रदेशसभा ‘ख’ का प्रदेशसभा सदस्य प्रकाश ज्वालाको विशेष पहलमा सडक कालोपत्रका लागि बजेटको व्यवस्था भएको हो ।

प्रदेशका पूर्व अर्थमन्त्री ज्वालाले आफ्नो निरन्तरको प्रयासपछि कालिमाटी रामपुर, काभ्रा रामवजार, लुहाम सडक र थारमारे, बडागाउँ हुँदै चौरजहारी जोड्ने सडक कालोपत्रेका लागि सरकारले बजेट विनियोजन गरेको बताए । यी दुवै सडकको स्तरोन्नतिका लागि बजेट विनियोजन गराउन आपूmले विगतदेखि नै पहल गर्दै आएको भन्दै उनले अब भने सडकको कालोपत्रको काम अघि बढ्ने बताए । चालू आवमा लुहाम–काभ्रा–रामपुर सडकमा १७ करोड र थारमारे–चौरजहारी सडकमा १० करोड रुपैयाँमा काम भइरहेको छ ।

यससँगै सल्यानको सदरमुकाम खलंगाबाट प्रदेश राजधानी जोड्ने रणनीतिक महŒवका खलंगा–कुपिण्डे–बालुवासंग्रही सडक, सल्ली–चौरजहारी सडक, लान्ती–लेखपोखरा–दमाचौर सडक, मोख्ला–दमाचौर–बुराँसे सडक, सोलाबाङ–रिम–सिनबाङ सडक, सालचौर–निगालचुला सडक, कपुरकोट–रिम–सिनबाङ लगायत जिल्लाका मुख्य सडकको चौडा र ग्राभेल गर्ने कार्यका लागि बजेटको व्यवस्था भएर काम अघि बढिरहेको पूर्वमन्त्री ज्वालाले बताए ।

बजेट विनियोजन भएका दुई सडकको काम पूर्वाधार विकास कार्यालय सल्यानले अघि बढाउनेछ । कार्यालयका प्रमुख विनोद पुनले आगामी आर्थिक वर्ष २०७८/७९ मा ती योजना कार्यान्वयन गरिने जानकारी दिए । अहिले ती दुवै सडकको कालोपत्रका लागि लागत इस्टिमेट तयार पार्ने काम भइरहेको उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)