ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ को बजेट अधिवेशन चौथोपटक अवरुद्ध

२०७८ असार, २१  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । बजेट अधिवेशनमा बोल्ने क्रममा माओवादी केन्द्रका प्रदेशसभा सदस्य मोहन खड्का र भौतिक पूर्वाधारमन्त्री अम्बिरबाबु गुरुङबीच प्रदेशसभामा भएको व्यक्तिगत भनाभनपछि अवरुद्ध बनेको प्रदेशसभाको बैठक आइतवार पनि पूर्णरूपमा सञ्चालन हुन सकेन । दुवै पार्टीबीच विवाद अन्त्य गर्न गरेका प्रयास असफल भएपछि प्रदेशसभाको बजेट पारित हुन सकेको छैन । आइतवार समेत गरेर प्रदेशसभा बैठक लगातार चारपटक अवरुद्ध भइसकेको छ । बैठक शुरू हुनेबित्तिकै माओवादी केन्द्रका सांसदहरूले उठेर विरोध गरेपछि उपसभामुख सरस्वती पोखरेलले सोमवारसम्मका लागि बैठक स्थगित गरिएको घोषणा गरिन् ।

प्रदेशसभाको १२औं बैठकमा भौतिक पूर्वाधार विकासमन्त्री गुरुङ सदनमा अमर्यादित ढंगले प्रस्तुत भएको र उनले प्रदेशसभा सांसद खड्काका विरुद्धमा व्यक्तिगत लाञ्छना लगाउँदै बोलेकाले उनले माफी माग्नुपर्ने माग माओवादी केन्द्रले गर्दै आएको छ । यही विषयमा चार दिन लगातार बैठक अवरुद्ध भए पनि सदन सहज सञ्चालन गराउनेतर्फ सरकारले ध्यान नदिएको माओवादी केन्द्रको आरोप छ । संसद् बैठकअघि प्रदेशसभा सचिवालयमा आयोजित छलफल सहमतिविना नै टुंगिएको थियो । बैठकमा सहभागीहरूले मन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने बताएका थिए । त्यसक्रममा मुख्यमन्त्री शेरधन राईले सांसदले उत्तेजित बनाएपछि मन्त्रीले त्यसरी बोलेको भन्दै दुवै जनाको अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने बताएका थिए । त्यसलाई माओवादीले अस्वीकार गरेपछि छलफल निष्कर्षविहीन भएको थियो । यसले सदन अवरोध जारी रह्यो ।

सरकारले संसद्मा प्रस्तुत गरेको बजेटको नेकपा एमालेकै सांसदहरूको चर्को विवाद भएपछि बजेट संशोधन गर्न कार्यदल बनाएको अर्को विषयमा पनि माओवादी केन्द्रले असहमति राख्दै सदनमा सरकारको जवाफ मागेको छ । त्यस विषयमा सरकारले सदनलाई जानकारी गराउन नचाहेकाले समस्या समाधानतर्फ नगएको माओवादी केन्द्र संसदीय दलले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)