ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुरिलोखेतीमा किसानको आकर्षण

२०७८ असार, २४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । पछिल्लो समय सल्यानमा कुरिलोखेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ । आयुर्वेदिक फाइदा र कम लगानीमा पनि राम्रो आम्दानी हुने भएपछि किसानहरू कुरिलोखेतीमा लागेका हुन् । जिल्लाको कालिमाटी गाउँपालिका–२ टाट्केका किसान सामूहिक कुरिलोखेतीमा जुटेका छन् ।

शारदा दलित महिला समूहले हरियाली महिला कबुलियती वनमा सामूहिक कुरिलोखेती गरेको हो । कम खर्चमा बढी आम्दानी हुने र कुरिलोखेतीका लागि सल्यानको हावापानी पनि राम्रो भएकाले समूहिक रूपमा खेती गरेको टाट्केका हुमी टमाटाले बताइन् । जंगलमा जमीनको सदुपयोग र आम्दानी पनि हुने भएकाले कबुलियती वनमा कुरिलोखेती गरिएको उनको भनाइ छ ।

पहिलो वर्ष ३ हजार कुरिलोको बिरुवा रोपिएको उनले बताइन् । ‘थोरै क्षेत्रफलमा पनि राम्रो आम्दानी हुने र यसको जरादेखि डाँठसम्म विक्री हुने भएकाले समूहले निर्णय गरेर सामूहिक खेती शुरू गरेका हौं,’ उनले भनिन् । सल्यानमा कुरिलो प्रतिकिलो ३ सयदेखि ४ सय रुपैयाँसम्ममा विक्री हुँदै आएको छ ।

मानव स्वास्थ्य र आर्थिक उपार्जनका दृष्टिले समेत लाभदायक हुने थाहा पाएपछि कुरिलोखेतीलाई प्राथमिकता दिएको अर्का किसान बेलबहादुर परियारले बताए । तरकारीको रूपमा प्रयोग हुने कुरिलो पौष्टिक एवं स्वादिलो हुने भएकाले बजारमा यसको माग धेरै रहेको उनको भनाइ छ ।

कबुलियती वनको झन्डै ५ रोपनी क्षेत्रफलमा कुरिलोखेती शुरू गरिएको उनले बताए । उक्त वनमा १ हजार ५०० टिमुर र ५०० तेजपात समेत रोपिएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)