ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाल विवाह रोक्न किशोरीलाई छात्रवृत्ति

२०७८ सावन, ६  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन ६, रोल्पा । बाल विवाह न्यूनीकरणका लागि रोल्पाका किशोरीहरुलाई छात्रवृत्ति रकम वितरण गरिएको छ ।

आर्थिक अभावका कारण बीचैमा पढाई छोडेर विवाह गर्ने समस्यालाई हटाउन जिल्लाका अति विपन्न ३४ जना किशोरीहरुलाई ११ हजारका दरले छात्रवृत्ति रकम वितरण गरिएको हो । संयुक्त राष्ट्र संघिय जनसंख्या कोष (युएनएफपीए) को आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी रोल्पाले उक्त छात्रवृत्ति वितरण गरेको हो । 

जिल्लाको ४ ओटा स्थानीयतह रुन्टिगढी, सुनिलस्मृति, परिवर्तन गाउँपालिका र रोल्पा नगरपालिकाका किशोरीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो । बाल विवाह न्यूनीकरणका लागि किशोरीहरुलाई छात्रवृृत्ति रकम वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रोल्पाका सभापति डी.बी. घर्तीले बताए । 

उनीहरुको पढाई लेखाई र आर्थिक अभावलाई टार्न यो छात्रवृत्ति रकमले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । छात्रवृत्ति वितरण गर्दै रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीले यो छात्रवृत्तिको सहि सदुपयोग गरी आफ्नो पढाईलाई निरन्तरता दिन आग्रह गरे ।

रेडक्रसद्वारा सञ्चालित बाल विवाह न्यूनीकरण कार्यक्रम अन्तर्गत जिल्लाका ४ ओटा स्थानीय तहमा २० ओटा किशोरी समूह गठन गरी रुपान्तरण कक्षा समेत सञ्चालन भइरहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)