ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा ५ प्रतिशतले बढ्यो कामदारको पारिश्रमिक

२०७८ सावन, ११  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा यस वर्ष कामदारको दैनिक पारिश्रमिकमा वृद्धि भएको छ । जिल्लामा २ वर्षदेखि श्रमिकको ज्याला बढ्न सकेको थिएन । सार्वजनिक खरीद नियमावली २०६४ को परिच्छेद १५ को नियम १४८ बमोजिम जिल्ला दररेट निर्धारण समितिले चालू आर्थिक वर्षमा श्रमिकको ज्यालामा वृद्धि गरेको हो ।

अब जिल्लाका श्रमिकले दैनिक ९५० रुपैयाँ पारिश्रमिक पाउनेछन् । यसअघिका २ आर्थिक वर्षमा उनीहरूको दैनिक पारिश्रमिक ९०० रुपैयाँ थियो । दक्ष सिकर्मी र डकर्मीको ज्याला ५० रुपैयाँ बढाइएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले बताइन् । त्यस्तै अदक्ष कुल्ली र ज्यामीको दैनिक पारिश्रमिक ६२५ बाट बढाएर ६५० रुपैयाँ कायम गरिएको छ ।

प्रजिअ होमागाईका अनुसार ज्यामी नाइकेको ज्लाला ७०० बढेर ७५० रुपैयाँ पु¥याइएको छ । यस्तै भरियाको ६२५ बाट ६७५, हाउस वायरिङ गर्नेको ७०० बाट ७५०, नर्सरी नाइकेको ५०० बाट ५५०, वन हेरालुको ५०० बाट ५५०, सामाजिक परिचालकको ७०० बाट ७५० र दक्ष प्लम्बरको ७०० बाट ७५० रुपैयाँ कायम गरिएको छ ।

खासगरी जिल्लामा उत्पादन हुने सामानको पर्याप्तता, बजार भाउको मूल्य र जिल्ला बाहिरबाट आयात गर्नुपर्ने सामानको दररेटमा दुवानी रकम जोडेर यस वर्षको जिल्ला दररेट सार्वजनिक गरिएको प्रजिअ होमागाईले बतइन् । ‘नयाँ दररेटले श्रमिकलाई केही राहत मिल्ने अपेक्षा छ,’ उनले भनिन् । केहीको दररेट पुरानै कायम गरिएको र आवश्यकतानुसार केहीको भने बढाइएको उनको भनाइ छ ।

यस वर्षका लागि निर्धारण गरिएको दररेटप्रति श्रमिकले भने गुनासो गरेका छन् । आफूहरू कोभिड महामारीबाट नराम्ररी प्रभावित भएको भन्दै उनीहरूले बजारको महँगी धान्न सक्नेगरी दररेट कायम नभएको गुनासो गरेका हुन् । ज्याला कम हुँदा साँझ बिहानको छाक टार्न, छोराछोरीको शिक्षादीक्षा, परिवारको औषधोपचारमा समस्या भएको उनीहरू बताउँछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)