ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानमा १ अर्ब ४३ करोड बजेट फ्रिज

२०७८ सावन, १४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानमा गत आर्थिक वर्ष २०७७/७८ मा १ अर्ब ४३ करोड ८० लाख ६७ हजार रुपैयाँ फ्रिज गएको छ । कोरोनाका कारण खर्च हुन नसक्दा जिल्लाका १० स्थानीय तह र दर्जन सरकारी कार्यालयबाट ठूलो मात्रामा रकम फ्रिज भएको हो ।

गत आवमा जिल्लमा संघबाट ३ अर्ब ४७ करोड ८ लाख र प्रदेशबाट २ अर्ब ७९ करोड २१ लाख ४५ हजार गरी ६ अर्ब २६ करोड २९ लाख रुपैयाँ बजेट आएको थियो । जिल्लामा संघीय बजेटअन्तर्गत पूँजीगततर्फको २८ करोड ५७ लाख, विशेष अनुदानमा ३९ लाख र समपूरकमा ३६ लाख ६१ हजार रुपैयाँ फिर्ता गएको छ ।

यसैगरी प्रदेश सरकारअन्तर्गत पुँजीगतमा ७७ करोड २७ लाख र चालूतर्फ २७ करोड ६९ लाख १७ हजार बजेट फ्रिज भएको हो । कोष तथा लेखा नियन्त्रण कार्यालय सल्यानका अनुसार बनगाड कुपिण्डे नगरपालिकाको ६ करोड ७० लाख, बागचौर नगरपालिकाको ६ करोड ३५ लाख, शारदा नगरपालिकाको ९ करोड ४० लाख बजेट फिर्ता गएको छ ।

यस्तै कपुरकोट गाउँपालिकाको २ करोड ५३ लाख र कालीमाटी गाउँपालिकाको ४ करोड ७० लाख, कुमाख गाउँपालिकाको ७६ लाख, छत्रेश्वरी गाउँपालिकाको १ करोड ९६ लाख, सिद्धकुमाख गाउँपालिकाको २ करोड ४४ लाख, त्रिवेणी गाउँपालिकाको ५ करोड ७० लाख र दार्मा गाउँपािलकाको ६५ लाख रुपैयाँ फिर्ता गएको कोष तथा लेखा नियन्त्रक कमलसिं भण्डारीले बताए । बजेटको अख्तियारी ढिलो गरी आउनु, विकासे काममा ढिलाइ हुनु, कर्मचारी अभाव र कोरोनाका कारण यो वर्ष ठूलो बजेट फ्रिज भएको उनको भनाइ छ ।

गत आवमा कर्णाली प्रदेश सरकारले सल्यानका लागि २ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको थियो, जसमध्ये १ अर्ब ९५ लाख मात्र खर्च भएको कार्यालयले बताएको छ । कार्यालयका अनुसार जुन करीब ६३ प्रतिशत मात्र हो । स्थानीय तहले कोरोना महामारीकै कारण सरकारले उपलब्ध गराएको बजेटअनुसार काम गर्न नसकिएको बताएका छन् ।

शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले महामारीका कारण झन्डै दुई दर्जन योजनामा काम हुन नसकेको बताए । सरकारले बजेट समयमै नपठाउँदा पनि बजेट फिर्ता जानुका साथै कोरोना महामारीका कारण बीचमा काम रोकिएपछि झन्डै ८० प्रतिशत योजनाको काम मात्र भएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)