ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरान कृषि बजारमा प्रदेशकै ठूलो शीतगृह निर्माण

२०७८ सावन, १५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । धरान उपमहानगरपालिका–१३ मा रहेको कृषि उपज बजार स्थलमा प्रदेश १ कै ठूलो शीतगृहको निर्माण सम्पन्न भएको छ । २ वर्षअघि ७५ टन क्षमताको शीतगृह बनाइएको बजारमा पुनः ९० टन क्षमताको अर्को शीत गृह निर्माण भएको हो ।

नवनिर्मित शीतगृह यसै साता सञ्चालनमा ल्याउने तयारी भएको बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । यससँगै धरानमा अब १६५ टन क्षमताको शीतगृहको सुविधा रहनेछ ।

गत आर्थिक वर्ष २०७७/७८ को कार्यक्रम अन्तर्गत प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दोस्रो शीतगृहका लागि ५० लाख (७५ प्रतिशत) रकम विनियोजन गरिदिएको थियो । कृषि बजार व्यवस्थापन समितिको १७ लाख गरी कुल ६७ लाख रुपैयाँमा शीतगृहको निर्माण सम्पन्न भएको हो ।

तीनओटा चेम्बर रहेको शीतगृहमा प्रत्येक चेम्बरको क्षमता ३० टनको रहेको छ । ठूलो भण्डारण क्षमता रहेको शीतगृहमा किसानले अब तरकारी, फलफूल लगायत उत्पादन राखेर बजार मूल्य र आवश्यकताका आधारमा विक्री वितरण गर्न सक्नेछन् ।

कृषि उपज बजार स्थलले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा पनि प्रदेश सरकारकै सहयोगमा ७५ टन क्षमताको शीतगृह बनाई सेवा दिइरहेको छ । शीतगृहमा स्थानीय उत्पादन (किवी, नास्पाती, सुन्तला, बीउ प्रयोजनको आलु) लगायत कृषि उपजलाई प्राथमिकतामा राखेर भण्डारण सुविधा दिइने बताइएको छ । यसअघि निर्मित शीतगृहमा हाल ६० टनभन्दा माथि फलफूल भण्डारण गरिएको छ । आगामी दिनमा फलफूल पकाउन मिल्ने आधुनिक चेम्बर बनाई विषादीमुक्त फलफूल विक्रीवितरणको योजना अघि बढाइने कृषि उपज बजार स्थल धरानले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)