ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका होटल व्यवसायीद्वारा कोरोना विरुद्धको खोप माग

२०७८ सावन, २४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानका होटल व्यवसायीले कोरोना भाइरस विरुद्धको खोपमने माग गरेका छन् । पछिल्लो समय बजार क्षेत्र तथा होटलहरूमा सेवाग्राही बढेसँगै कोरोनाको जोखिम समेत भएकाले आपूmहरूलाई खोप उपलब्ध गराउन उनीहरूले माग गरेका हुन् ।

जिल्लाभर साना ठूला करीब ७०० होटल रहेको होटल व्यवसायी संघ सल्यानले बताएको छ । यी होटलमा सेवाग्राही बढ्न थालेका छन् । जिल्लामा करीब तीन दर्जन ठूला होटल, ६ दर्जनभन्दा बढी मझौला र बाँकी साना होटल छन् । प्रायः बाहिरी क्षेत्रबाट आउने सेवाग्राहीबाट कोरोनाको जोखिम धेरै रहेको होटल व्यवसायी संघ सल्यान वरिष्ठ उपाध्यक्ष विकास डीसीले बताए । दैनिक रूपमा होटलमा आउने सयौं सेवाग्राहीसँग घुलमिल हुने भएकाले कोरोनाको जोखिम धेरै भएको बताए । यसका लागि सरकारले अन्य क्षेत्र जस्तै होटल व्यवसायलाई प्राथमिकता दिएर खोप अभियान सञ्चालन गर्नुपर्ने उनको माग छ ।

‘जति मात्रामा नागरिकको जमघट हुने सार्वजनिक स्थलमा कोरोनाको जोखिम रहन्छ, त्यही जोखिम होटलमा पनि रहन्छ, कोरोनाबाट कुन सुरक्षित छ, कुन छैन भनेर थाहा हुँदैन, हाम्रो व्यवसाय सेवामूलक भएकाले सेवा दिनु नै प¥यो,’ उनले भने, ‘एकातिर कोरोनाका कारण आर्थिक मन्दी छ, लामो समयपछि होटल सञ्चालन भएका छन्, कोरोनाको जोखिम पछि त्यत्तिकै छ ।’

होटल व्यवसायी महासंघ कर्णाली प्रदेशका वरिष्ठ उपाध्यक्ष मानबहादुर वलीले प्राथमिकताको आधारमा होटल सञ्चालकका साथै सम्बद्ध कर्मचारी÷कामदारलाई कोरोनाविरुद्धको खोपको व्यवस्था गरिनुपर्ने बताए ।

कोरोना जोखिमका कारण केही सेवाग्राही होटलमा बस्न समेत आनाकानी गर्ने गरेको उनको भनाइ छ । कोरोनाका कारण अस्तव्यस्त बनेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन पर्यटन क्षेत्रलाई प्राथमिकता दिनुपर्ने उनले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)