ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

२१ किलोमिटर सडक कालोपत्र

२०७८ सावन, २९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

सुर्खेत । कर्णाली प्रदेश सरकारले १ वर्षमा २१ किलोमिटर सडक कालोपत्र गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को वार्षिक प्रगतिको समीक्षा प्रदेश सरकारले गर्दै २१ किलोमिटर सडक कालोपत्र गरिएको जानकारी दिएको हो ।     

११३ दशमलव ६ किलोमिटर सडक ग्राभेल र ७५८ दशमलव २ किलोमिटर नयाँ सडक बनाइएको छ । त्यस्तै प्रदेश सरकारले कर्णालीमा ११ झोलुंगे पुल र सातओटा सडक पुल निर्माण गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बताएको छ ।

ऊर्जा तथा विद्युतीकरणबाट कर्णालीका तीन हजार ५४० घरधुरीमा विद्युत् सुविधा विस्तार गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री सीताकुमारी नेपालीले जानकारी दिइन् । मन्त्री नेपालीका अनुसार जनता आवास कार्यक्रमअन्तर्गत दलित विपन्न समुदायका ७६७ घर निर्माण पूरा भएको छ ।  
   
कर्णाली प्रदेश सरकारले दुई हजार १४५ हेक्टर जमीनमा थप सिँचाइ सुविधा उपलब्ध गराएको छ भने पाँच हजार ७१० थप घरधुरीमा स्वच्छ खानेपानी सुविधा उपलब्ध गराइएको प्रवक्ता नेपालीले बताइन् । त्यस्तै सरकारले नदी नियन्त्रणका लागि १८ दशमलव ७७ किलोमिटर तटबन्ध निर्माण गरेर १८० हेक्टर थप जमीन उकास भएको छ । विभिन्न कार्यक्रमअन्तर्गत विभिन्न जिल्लामा वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालय भवन निर्माण लगायत पूर्वाधार निर्माण सम्पन्न भएको प्रगतिमा उल्लेख गरिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)