ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटकीय क्षेत्र खण्डहर बन्दै : करोडौंको लगानी जोखिममा

२०७८ सावन, ३२  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
संरक्षण गर्न नसक्दा मोरङको केचनाकलवमा रहेको किचकवध पार्कको अवस्था जीर्ण बन्दै 
author avatar दिनेश गजमेर

साउन ३२, धरान । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि पर्यटकीय क्षेत्रको लगानी मासिदै गएको छ । प्रदेश नम्बर १ का अधिकांश पर्यटकीय क्षेत्रहरु खण्डहरमा परिणत भएका छन् भने निजी क्षेत्रबाट लगानी गरिएका पर्यटन व्यवसाय पनि जोखिममा छन् । 

दुई वर्षदेखि कोरोनाको मारमा परेको पर्यटन व्यवसायलाई उठाउन हालसम्म सरकारले कुनै चासो दिएको छैन । व्यावसायीहरु ऋणको भार थपिएर पलायन हुने अवस्थामा पुगेका छन् । पर्यटन व्यवसायको जोखिम न्यूनीकरण गर्न पटक पटक सरकारसँग आग्रह गर्दै आए पनि कुनै सुनुवाई भएको छैन । पर्यटन क्षेत्र प्रभावित बन्दै व्यवसायीको ठूलो लगानी सहित धेरैको रोजगारी जोखिममा पर्न थालेपछि व्यवसायीहरु अहिले आफै प्रवर्द्धनमा लाग्न बाध्य भएका छन् । 

प्रदेश सरकारले कुनै चासो नदिए पछि आइतवार आन्तरिक पर्यटन पुनरुत्थान समिति प्रदेश १ ले व्यवसायीहरुको मनोबल कायम राख्न अभियान शुरु गरेको छ । प्रदेशका मुख्य पर्यटकीय क्षेत्रहरुको अवलोकन गरेको छ । निजी क्षेत्रबाट शुरु भएका पर्यटन व्यवसायको अध्ययन गरेको छ । अवलोकनका क्रममा व्यवसायीहरु बैंकको ऋण तिर्न नसकेर भाग्नुपर्ने अवस्थामा भेटिएको समितिका सहसंयोजक बासुदेव बरालले बताए । 

उनले भने, ‘पर्यटकीय क्षेत्रको अवस्था विजोग छ, ठूलो लगानीमा सञ्चालनमा आएका व्यावसाय समेत ओपनिङ सम्म गर्न पाएका छैनन्, कतै त बैंकले कल गरेको हो कि भनेर शसंकित हुने गरेको छ ।’ सवारी साधनहरु सञ्चालन भए पनि व्यवसाय बन्द गर्नु पर्ने अवस्थाले यात्रुहरुले खाजा खाने ठाउँ पनि नपाउने अवस्था रहेको उनको भनाइ छ । सरकारले तोकेको पर्यटकीय गन्तव्यहरुमा पनि कुनै पुर्वाधार नबनाएको, भएका क्षेत्रहरु खण्डहर बन्दै गएको उनले बताए ।  

अहिलेको अवस्थामा पर्यटन व्यावसाय करीब ५ वर्ष पछाडि परेको उनी बताउँछन् । उनी भन्छन्, ‘डेढ वर्षदेखि बैंकको ब्याज ऋणको रुपमा थपिदै छ, उठ्नको लागि निकै कठिन छ, भौतिक पुर्वाधारहरु ध्वस्त बनेका छन् ।’ समितिले व्यवसायीहरुलाई सान्तवना, हौसला दिन पर्यटकीय क्षेत्रका व्यवसायीहरु समक्ष पुगेको उनले बताए । 

समुन्द्र सतहबाट ५८ मिटर मात्र उचाईमा रहेको गहिरो स्थान केचनावल देखि लिएर विश्वकै सबैभन्दा अग्लो हिमाल सगरमाथा सम्म रहेको प्रदेश नम्बर १ मा प्राकृतिक, भौगोलिक, धार्मिक पर्यटकीय स्थलका साथै पर्यटन व्यवसायीहरुले करोडौंको लगानी पूर्ण रुपमा जोखिममा रहेको समितिका संयोजक भविष श्रेष्ठ बताउँछन् । 

कोरोनाको कारण पर्यटन व्यवसाय सुतेको अवस्थामा रहेकाले निजी क्षेत्रसँग सरकारले समन्वय गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले भने, ‘२०७७ सालको चैतबाट कोरोना कहरले प्रभावित वनाएको पर्यटन व्यवसाय २०७८ को असोजदेखि पुनः बामे सर्न थालेको अवस्थामा फेरी दोस्रो लहरको कोरोना फैलन थालेपछि गत पुस, माघ देखिनै पुनः प्रभावित बन्न पुगेको छ ।’

काठमाडौं उपत्यका पछिको पर्यटकीय गतिविधि हुने प्रदेश नम्बर १ मा आन्तरिक पर्यटकहरुका साथै छिमेकी मुलुक भारत सहित तेस्रो मुलुकदेखि पर्यटकहरु समेत घुम्न आउने गरेका थिए । झापाको झिलझिलेमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई लक्षित गरि निर्माण गरिएको वाटर किण्डम पार्क एण्ड रिसोर्टका सञ्चालक राजकुमार संग्रौला पार्क तयारी गरेर परीक्षणका लागि सञ्चालन गरेपनि पुनः कोरोना कहर शुरु भएपछि बन्द गर्नु परेको गुनासो गर्छन् ।

आगामी दिनमा पर्यटन व्यवसायलाई सहज रुपमा कसरी सञ्चालन गर्न सकिन्छ भनेर समितिका संयोजक श्रेष्ठको नेतृत्वमा मोरङ र झापाका पर्यटकीय स्थलहरुको अध्ययन अवलोकन गरेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)