ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

संरक्षण अभावमा जीर्ण बन्दै बाल मन्दिर

२०७८ भदौ, १  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानको सदरमुकाम खलंगास्थित टुडिखेल नजिकै रहेको बाल मन्दिर जीर्ण बन्दै गएको छ । सरोकारवाला निकायले यसको संरक्षण एवं मर्मतसम्भारमा ध्यान नदिँदा बाल मन्दिर जीर्ण बन्दै गएको हो ।

कुनै समय दैनिक रूपमा हुने कार्यक्रमले बाल मन्दिरको हल भरिभराउ हुन्थ्यो । सरकारीदेखि गैरसकारी संघसंस्था, राजनीतिक दल तथा तिनका भातृसंगठनले कार्यक्रमका लागि पालो पर्खिएर बस्नुपर्ने अवस्था थियो । तर पछिल्लो यो समय सुनसानप्रायः छ । बालमन्दिरभित्र सरसफाइ समेत भएको पाइँदैन ।

नेपाल बाल संगठनले २०२१ सालमा जिल्लामा बाल मन्दिर स्थापना गरेको थियो । विविध कारणले यसको रेखदेख तथा मर्मत सम्भार गर्न नसकिएको नेपाल बाल संगठन सल्यानका अध्यक्ष प्रकाश बस्नेतले बताए ।

आफूले अध्यक्षको नियुक्ति पाएको झण्डै ६ महीना भइसके पनि बाल मन्दिरका आवश्यक कागजात र त्यसभित्र भएका सरसामानको विवरण आफूलाई हस्तान्तरण नहुँदा समस्या भएको उनको भनाइ छ । ‘बाल मन्दिर हाम्रो धरोहर हो, यसको संरक्षणमा सबै जुट्नु आवश्यक छ,’ उनले भने ।

जिल्लाको सदरमुकाम खलंगामा संरचना निर्माण भए पनि यसको उपयोग र संरक्षणमा कसैको चासो नभएको स्थानीयले बताएका छन् । सरकारी तथा गैरसरकारी कार्यालय लगायत निकायले बाल मन्दिरको हल छाडेर महँगो भाडा तिरेर होटलमा कार्यक्रम गर्ने गरेका छन्, जसकारण बाल मन्दिरको आम्दानीको स्रोत समेत गुमेको उनीहरूको भनाइ छ ।

बाल मन्दिरको हलमा बेलाबखत शारदा नगरपालिकाले नगरसभा लगायत कार्यक्रम गर्दै आएको छ । तर बाल मन्दिर स्थानीय तह मातहत नभएकाले यसको मर्मत सम्भारमा नगरपालिकाले काम गर्न नसक्ने शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारी बताए । बाल मन्दिरको भवनमा जडान गरिएको विद्युत्, खानेपानीको महशुल भने तिर्ने व्यवस्था गरिएको उनको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)