ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य शुरू

२०७८ भदौ, २  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

कर्णाली (अस) । कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य शुरू भएको छ । नेपाल विद्युत् प्राधिकरणको ३६औं वार्षिकोत्सवको अवसरमा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण आयोजनाले प्रसारण लाइनको टावर निर्माण कार्य शुरुआत गरेको हो ।  
 
आयोजनाले प्रसारण लाइनका लागि १६१ टावर निर्माण गर्दै छ । आयोजनाका इन्जिनीयर कृष्ण खड्काले कोहलपुरमा टावरको शिलान्यास भइसकेको र २ वर्षभित्र प्रसारण लाइनको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुभयो । ‘आयोजना निर्माण भएपछि लामो समयदेखि लो भोल्टेजबाट आजित कर्णालीवासी उपभोक्ताले राहत पाउनेछन्,’ उहाँले भन्नुभयो, ‘प्रसारण लाइनको निर्माण व्यवसायी कम्पनीले काम शुरू गरिसकेको छ, कुनै अवरोध नआए निर्धारित समयमै आयोजना सम्पन्न हुनेछ ।’

विसं २०४५ मा विस्तार भएको कोहलपुर–सुर्खेत प्रसारण लाइन अब १३२ केभी क्षमताको निर्माण हुने भएपछि कर्णालीवासी उत्साही छन् ।   

आयोजनाका अनुसार करिब ५१ किलोमीटर प्रसारण लाइनको लम्बाइ डबल सर्किटको हुनेछ । आयोजनाको कुल लम्बाइ करीब ५१.४६२ किलोमीटर रहनेछ । एंगल टावर २६ ओटा रहनेछन् भने आयोजनाको कुल टावरको संख्या १६१ रहने जनाइएको छ । त्यस्तै, सुर्खेतमा रहने सब–स्टेशनको क्षेत्रफल ३.७२४९ हेक्टर रहनेछ । आयोजना क्षेत्रको स्थलगत सर्वेक्षणअनुसार प्रसारणलाइन मार्गमा बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्र, सामुदायिक र सरकारी वन पर्नेछ । आयोजना लुम्बिनी प्रदेशको बाँके, बर्दिया तथा कर्णालीको सुर्खेतभित्र अवस्थित रहनेछ । यस आयोजनाबाट तीन जिल्लाका पाँच नगरपालिका तथा एक गाउँपालिका प्रभावित हुने जनाइएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)