ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका ५० प्रतिशत घरधुरी विद्युत् पहुँच बाहिरै

२०७८ भदौ, २  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । सल्यानका झन्डै ५० प्रतिशत घरधुरी विद्युत्को पहुँच बाहिरै रहेका छन् । जिल्लालाई पूर्ण रूपमा विद्युतीकरण गर्ने लक्ष्यसहित काम अगाडि बढाए पनि हालसम्म ५० प्रतिशत घरधुरी अझै विद्युत्को पहुँच बाहिर रहेको विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्र खलंगाले जनाएको छ ।

प्राधिकरणका अनुसार हालसम्म जिल्लाका ४९ दशमलव ६ प्रतिशतमा विद्युत् पुगेको छ । विद्युत्को पहुँच बाहिर रहेका घरधुरीलाई पनि समेट्ने उद्देश्यले धमाधम काम भइरहेको नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका सूचना अधिकारी पार्थीव राज न्यौपानेले जानकारी दिए । उनका अनुसार पछिल्लो समय जिल्लामा विद्युतीकरणका लागि धमाधम काम भइरहेको छ भने जिल्लाभर विद्युतीकरणका लागि करिब ७५ प्रतिशत संरचना निर्माण गरिएको छ ।

केन्द्रका अनुसार जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा धेरै शारदा नगरपालिकामा विद्युतीकरण गरिएको छ भने सबैभन्दा कम कालीमाटी गाउँपालिकामा गरिएको छ । शारदा नगरपालिकामा ८८ प्रतिशत बढी घरधुरीमा विद्युतीकरण गरिएको छ । सबैभन्दा कम कालीमाटी गाउँपालिकामा २१ प्रतिशत विद्युतीकरण गरिएको छ । त्रिवेणी गाउँपालिकामा ८६ प्रतिशत, छत्रेश्वरीमा ७३ प्रतिशत, कपुरकोटमा ६१ प्रतिशत विद्युतीकरण गरिएको छ ।

सिद्ध कुमाख गाउँपालिकामा ४७ प्रतिशत, बागचौर नगरपालिकामा ३७ प्रतिशत, वनगाड कुपिन्डे नगरपालिकामा ३० प्रतिशत, कुमाखमा २५ प्रतिशत र दार्मामा २२ प्रतिशत विद्युतीकरण गरिएको छ ।

‘जिल्लामा विद्युतीकरणका लागि अहिले धमाधम संरचना निर्माण भइरहेका छन् । केन्द्र, प्रदेश र स्थानीय तहहरुले पनि विद्युत्का लागि धेरै बजेट विनियोजन गरेका छन् । यही स्केलमा बजेट विनियोजन भए अबको केही वर्षमै पूरै जिल्लामा विद्युतीकरण हुन्छ,’ सूचना अधिकारी न्यौपानेले भने ।

उनले विकासका अन्य संरचना निर्माण नबन्दा विद्युतीकरण गर्न केही समय लाग्ने गरेको बताए ।

विद्युत् प्राधिकरणका अनुसार जिल्लामा आर्थिक वर्ष ०७७/७८ मा ३ हजार ४ सय ८८ नयाँ ग्राहक थपिएका छन् । यसअघि जिल्लामा १२ हजार ६ सय १७ ग्राहक थिए । अहिले बढेर १६ हजार १ सय ५ पुगेको कार्यालयले जनाएको छ । यस्तै, केन्द्रले एक वर्षको अवधिमा ४ करोड ७२ लाख १९ हजार ६ सय ८ रुपैयाँ राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्ष ०७६/७७ मा केन्द्रले ४ करोड ३३ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । जिल्लामा चुहावट झन्डै १३ प्रतिशत रहेको विद्युत प्राधिकरण सल्यान वितरण केन्द्रले जनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)