ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्मचारीमा संक्रमण भएपछि सुर्खेत मालपोत कार्यालय दुई साताका लागि बन्द

२०७८ भदौ, २  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

भदौ २, सुर्खेत । कर्मचारीलाई कोरोना संक्रमण भएपछि जिल्ला मालपोत कार्यालय दुई साताका लागि बन्द भएको छ । 

सात जना कर्मचारीमा संक्रमण र अन्य कर्मचारी ट्रेसिङमा परेपछि आजदेखि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको कार्यालयले जानकारी दिएको छ ।

कार्यालय प्रमुख जनकबहादुर हमालले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्कमा रही प्रदान गरिने सेवाहरु आगामी भदौ १५ गतेसम्म बन्द गरिएको जानकारी दिए । यस अवधिमा मालपोत विभाग, अदालत, प्रशासन, प्रहरीलगायत अन्तरसम्बन्धित निकायसँग आवश्यक सेवा मात्र सञ्चालन हुने बताइएको छ । 

‘कोरोना जोखिम न्यूनीकरणका सबै मापदण्ड पालना गरेर सावधानीपूर्वक सेवा प्रवाह गरिरहेका बेला ठूलो संख्यामा कर्मचारीहरुमा संक्रमण देखियो,’ उनले भने, ‘संक्रमित कर्मचारी अस्पताल र घरमै बसेर स्वास्थ्य उपचारमा हुनुहुन्छ, बाँकी कर्मचारीको परीक्षण भएपछि यो संख्या बढ्न सक्छ ।’

सुर्खेत मालपोत कार्यालय प्रदेशमै बढी घरजग्गाको कारोबार गर्ने कार्यालयमा पर्दछ । प्रदेश राजधानी भएकाले यहाँ जग्गा खरीदविक्रीको कारोबार बढी हुने गरेको हो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)