ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतबाट अफगानिस्तान गएका नेपालीको विवरण संकलन गर्ने कार्य शुरु 

२०७८ भदौ, ४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

भदौ ४, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाबाट औपचारिक तथा अनौपचारिक माध्यमबाट अफगानिस्तान गएका व्यक्तिहरुको विवरण संकलन गर्ने कार्य शुरु गरेको छ । 

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रम तथा अवस्थालाई मध्यनजर राखेर सुरक्षित उद्दार प्रयोजनका लागि नेपाल सरकारको निर्णय अनुसार जिल्लाबाट अफगानिस्तान गएका व्यक्तिहरुको विवरण संकलन गर्न लागिएको हो । 

जिल्लाबाट अफगानिस्तानमा गएका व्यक्तिका परिवारहरुले यही भदौ १० गतेसम्म भित्र सम्पर्क गरी विस्तृत विवरण उपलब्ध गराउन जिल्ला प्रशासन  कार्यालयले आग्रह गरेको छ । 

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतद्वारा हस्ताक्षरित सार्वजनिक सूचना बिहीवार जारी गर्दै अफगानिस्तानमा रहेका सुर्खेतीहरुको सुरक्षित उद्दारका लागि विवरण संकलन कार्य जारी रहेकाले सम्बन्धित व्यक्तिका परिवारका सदस्यलाई आग्रह गरिएको बताइएको छ । 

अफगानिस्तानको काबुलस्थित विभिन्न मुलुकका कूटनीतिक नियोगहरु तथा अन्तरराष्ट्रिय संघ संस्थाहरुमा औपचारिक तथा अनौपचारिक माध्यमबाट धेरै नेपालीहरु कार्यरत रहेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)