ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका स्थानीय तहको बेरुजु ५४ करोड बढी

२०७८ भदौ, ९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

भदौ ९, सल्यान । सल्यानका स्थानीय तहमा ५४ करोड बढी रुपैयाँ बेरुजु देखिएको छ । महालेखाको ५८औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाका ३ नगरपालिका र ७ गाउँपालिकामा गरेर ५४ करोड ४० लाख ८७ हजार रुपैयाँ बेरुजु निस्किएको हो । 

सबैभन्दा बढी सिद्ध कुमाख गाउँपालिका र सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा बेरुजु देखिएको छ । ५३ करोड २३ लाख ४५ हजार रुपैयाँको लेखा परीक्षण गरिएकोमा सिद्ध कुमाख गाउँपालिकामा ४ करोड ९३ लाख ७ हजार बेरुजु रहेको छ । 

यो लेखा परीक्षण गरिएको कुल बजेटको ९ दशमलव २८ प्रतिशत हो । यस्तै त्रिवेणी गाउँपालिकाको बेरुजु रू. २ करोड २१ लाख १७ हजार अर्थात् ३ दशमलव ४७ प्रतिशत हो । 

कपुरकोट गाउँपालिकामा ४ दशमलव २० प्रतिशत बेरुजु देखिएको छ । ६६ करोड ७१ लाख २१ हजारको लेखा परीक्षण गर्दा रू. २ करोड ७९ लाख ९१ हजार बेरुजु फेला परेको छ । ७५ करोड ८९ लाख ३२ हजारको लेखा परीक्षण गराउँदा कालिमाटी गाउँपालिकाको रू. ३ करोड ९६ लाख ४८ हजार बेरुजु देखिएको छ । कुमाख गाउँपालिकाको ६ करोड ४७ लाख २ हजार बेरुजु देखिएको छ । जुन लेखा परीक्षण गरिएको बजेटको ७ दशमलव ७२ प्रतिशत हो । 

छत्रेश्वरी गाउँपालिकाको रू. ८ करोड ९२ लाख २ हजार, दार्मा गाउँपालिकाको रू. ४ करोड ८९ लाख २ हजार बेरुजु रहेको छ । यस्तै, बनगाड कुपिण्डे नगरपालिकामा ५ करोड ३५ लाख ९३ हजार, बागचौर नगरपालिकामा रू. ९ करोड ७४ लाख २ हजार र शारदा नगरपालिकाको ८ करोड ४० लाख ८४ हजार बेरुजु देखिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)