ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली प्रदेशकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण शुरु

२०७८ भदौ, १०  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
कर्णाली प्रदेशकै पहिलो जडिबुटी प्रशोधन केन्द्र जाजरकोट भेरी नगरपालिका–३ स्थित राताचौरमा निर्माण कार्य शुरु

भदौ १०, जाजरकोट । कर्णाली प्रदेशकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण शुरु गरिएको छ । 

करीब रू. आठ करोड लगानीमा सरकारी स्वमित्वको प्रशोधन केन्द्रको निर्माण कार्य शुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए । 

भेरी नगरपालिका–३ को राताचौरमा निर्माण शुरु गरिएको यो प्रशोधन केन्द्र कर्णाली प्रदेशकै पहिलो रहेको उनले बताए । 

बुधवार भवनको औपचारिकरुपमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरेका हुन् । जडीबुटी तथा पर्यटन र खनिजको राम्रो सम्भावना रहेको कर्णालीमा यो केन्द्र स्थापनासँगै सर्वसाधारण जडीबुटीको बजार घर नजिकै आएको भन्दै खुशी भएका छन् । 

केन्द्रमा एक वर्षमा रू. १० करोड बराबरको कारोबार हुने बताइएको छ । विसं २०७९ जेठ ११ गतेभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने गरे ज्ञानज्योति बिल्र्डस प्रालि काठमाडौंले निर्माणको जिम्मा लिएको छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)