ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानबाट ८ करोडको तरकारी निकासी

२०७८ भदौ, ११  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

सल्यान (अस) । सल्यानको कपुरकोटबाट पछिल्लो तीन महीना अवधिमा ८ करोड रुपैयाँ बराबरको ताजा तरकारी निकासी भएको छ । कृषि उपज बजार केन्द्र कपुरकोटबाट जेठदखि साउनसम्ममा ८ लाख ४५ लाख ५३ हजार ३०६ रुपैयाँको ताजा तरकारी निकासी भएको हो ।

कोरोना महामारी नियन्त्रण गर्न लागू गरिएको निषेधाज्ञाले तरकारी निकासीमा सामान्य समस्या परे पनि अहिले किसानले उत्पादन गरेको तरकारीले राम्रो मूल्य पाइरहेको कृषि उपज बजार केन्द्र कपुरकोट सञ्चालक समितिका सचिव तिलक शर्माले बताए । किसानले तरकारीको राम्रो मूल्य पाएको भए तापनि रोक, कीराका कारण यस वर्ष भने ताजा तरकारी उत्पादन निकै घटेको उनको भनाइ छ । तीन महीना अवधिमा १४ हजार ३१९ क्विन्टल ताजा तरकारी जिल्ला बाहिर निकासी भएको सचिव शर्माको भनाइ छ ।

कपुरकोटका अन्य २८ सहायक संकलन केन्द्रबाट पनि तरकारी निकासी भइरहेको उनले बताए । कपुरकोट बेमौसमी तरकारी खेतीका लागि परिचित छ । किसानले व्यावसायिक तरकारीखेती गर्दै आएपछि गाउँपालिकाले आधुनिक औजार तथा सामग्रीमा सहयोग गरेको छ । साथै बजार व्यवस्थापनमा सहजीकरण गर्दै आएको कपुरकोट गाउँपालिकाले बताएको छ ।

कृषि विकास कार्यालयको तथ्यांक अनुसार जिल्लामा ३ हजार २०० हेक्टर क्षेत्रफलमा तरकारीखेती हुँदै आएको छ, जसबाट ३९ लाख ४७५ मेट्रिकटन तरकारी उत्पादन हुने गरेको छ । कपुरकोटका किसानले जोखिमपूर्ण रूपमै तरकारी विक्री गर्दै आएका छन् । जिल्लाको कपुरकोट आसपासको क्षेत्रमा अहिले वर्षे तरकारीको सिजन चलिरहेको छ । कोरोनाको जोखिम बढ्दै गए पनि किसानले भने कपुरकोट हाटबजारमा लगेर तरकारी विक्री गर्दै आएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)