ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जुम्ली स्याउको  माग बढ्यो     

भदौ पहिलो सातादेखि स्याउ टिप्न शुरु

२०७८ भदौ, १५  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

भदौ १५, खलङ्गा । जुम्लामा उत्पादन भएको स्याउ बाहिरी जिल्लामा निर्यात गर्न शुरुआत गरिएको छ ।

देशका विभिन्न शहरबाट यहाँको स्याउको माग बढ्दो रहेको बताइएको छ । किसान पदम रावतले यही भदौको पहिलो सातादेखि स्याउ टिप्न शुरु भइसकेको जानकारी दिए । जिल्लाका स्याउ बजारमा विक्रीका लागि निर्यात शुरु भएको कृषि विकास कार्यालयले बताएको छ ।     
     
कार्यालयले सूचना जारी गरी निर्यातका लागि भदौको पहिलो सातादेखि खुला गरेको हो । कृषिफर्म सञ्चालन गरेका तथा स्याउ बगैँचा भएका किसानले आफ्नो स्याउ विक्रीका लागि सम्बन्धित स्थानीय तहबाट सिफारिस लिनुपर्ने प्रावधान छ ।

स्याउको पहिचान बचाउन लोगो टाँसिएको कार्टुन व्यापारीलाई उपलब्ध गराइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ सुपरजोन कार्यान्वयन एकाइले बताएको छ ।     
     
स्याउ निर्यात खुला गरिएपछि अहिलेसम्म २ हजार टनभन्दा बढी बाहिरी जिल्लामा निर्यात भइसकेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए । यहाँ उत्पादित स्याउ ए‚ बी र सी ग्रेडमा छुट्याइएको छ यी मध्ये ए र बी ग्रेडको स्याउ निर्यात गरिएको छ । सी ग्रेडको स्याउ प्रशोधन केन्द्रमा बिक्रीका लागि दिइने गरिएको कार्यालयले बताएको छ ।     
     
     
स्याउ बजारमा पठाउन यस वर्ष ३१ हजार ८०० कार्टुन वितरण गरिएको छ । स्याउ सुपोरजन कार्यालयले १० हजार ८००  कार्टुन र कृषि विकास कार्यालयले २१ हजार वितरण गरेको हो ।     
     
स्याउ जिल्लाबाहिर निर्यात गर्न सहज होस् भनी ५० प्रतिशत अनुदानमा किसानलाई कार्टुन उपलब्ध गराइएको हो । कार्यालयमा ५१६ जना उद्योगी, कृषिफर्म तथा सहकारी कृषक समूह सूचीकृत छन् ।     
     
     
जिल्लामा १५ हजार स्याउ बगैंचा भएको तथ्याङ्क छ । जिल्लाको कुल १८ हजार घरधुरीमध्ये करीब १ हजार ५०० ओटा घरमा स्याउ बगैंचा स्थापना रहेको कार्यालयले बताएको छ ।जिल्लाको ३ हजार ८०० हेक्टर जमीनमा स्याउ खेती हुन्छ ।

यस वर्ष व्यापारीले बगैंचामा नै पुगेर प्रतिकिलो ५० देखि ६० रुपैयाँमा स्याउ खरीद गर्दै आएका छन् । गत वर्ष करीब १२ करोड रुपैयाँ बराबरको स्याउ विक्री भएको थियो । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)