ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जडीबुटीबाट ४० लाख राजस्व संकलन

२०७८ भदौ, २८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जुम्ला । जिल्ला वन कार्यालय जुम्लाले जडीबुटी संकलनबाट ४० लाख राजस्व संकलन गरेको छ । जिल्लाका आठ स्थानीय तहबाट जडीबुटी व्यापारी हुँदा उक्त राजस्व संकलन भएको हो ।

जिल्लाका विशेषगरी गुठीचौर र पातारासीका नागरिकको मुख्य आयस्रोतको माध्यम नै जडीबुटी संकलन हो । यहाँका पाटनमा जिल्लाभरिका नागरिक जाने गर्छन् । कोरोना कहरबीच पनि जटीबुटी संकलनबाट राम्रो कमाइ भएको स्थानीयवासी बताउँछन् । डिभिजन वन कार्यालयको तथ्यांकअनुसार विभिन्न २० प्ररकारका जडीबुटीबाट २० टन २०० क्विन्टल जडीबुटी संकलन तथा निकासी गरिएको छ । त्यसमा सबैभन्दा बढी धुपी साढे दुई टन निकासी भएको जिल्ला वन कार्यालयका सूचना अधिकारी खड्कबहादुर महतले बताए । जिल्लाका ७३ व्यापारीले गत आर्थिक वर्षमा २० टनभन्दा बढी जडीबुुटी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा निकासी गरेको जानकारी उनले दिए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)