ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कर्णाली प्रदेशमा खाद्य उत्पादनमा वृद्धि, दुग्धजन्य उत्पादन भने घट्यो

२०७८ भदौ, ३१  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

भदौ ३१, वीरेन्द्रनगर । कर्णाली प्रदेशमा खाद्यबालीको उत्पादन बढेको छ ।

 प्रदेशमा खाद्यबालीले ढाकेको भू–क्षेत्र र खाद्य उत्पादनमा वृद्धि भएको पाइएको हो । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७७/ ७८ का अनुसार कर्णालीमा खाद्यबालीले ढाकेको भू–क्षेत्र २ दशमलव ६९ प्रतिशत बढेको छ भने ६ दशमलव ५२ प्रतिशतले उत्पादनमा वृद्धि भएको छ ।

प्रतिवेदन अनुसार विगतका वर्षको तुलनामा धानबालीको उत्पादन ३ दशमलव ८१ प्रतिशतले बढेको छ । मकै र कोदोबाली १७ दशमलव ४५ प्रतिशतले उत्पादन बढेको छ । प्रदेशमा तरकारी उत्पादन भने घटेको अध्ययनले देखाएको छ ।

तरकारी उत्पादनमा २ दशमलव २६ प्रतिशतले गिरावट आएको हो । गत वर्ष सोही अवधिमा तरकारी उत्पादन २५ प्रतिशतले बढेको पाइएको थियो । तरकारी उत्पादन सबैभन्दा बढी सल्यान र कम उत्पादन हुम्लामा भएको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, पशुजन्य उत्पादन मासु, माछा र अण्डामा वृद्धि भएको छ । दुग्धजन्य उत्पादन भने घटेको छ । दुग्धजन्य उत्पादनमा शून्य दशमलव ६९ प्रतिशतले कमी आएको हो । कोरोना महामारीबाट सृजित बन्दाबन्दी तथा निषेधाज्ञाका कारण तरकारी र दुग्धजन्य पदार्थको उत्पादनमा कमी आएको अध्ययनको निष्कर्ष छ ।

नेपाल राष्ट्र बैंक कर्णाली प्रदेश कार्यालयका प्रमुख विनय सिग्देलले कोरोना महामारीले सबैभन्दा बढी असर पर्यटन क्षेत्रमा परेको देखिएको बताए । उनका अनुसार कर्णालीमा पर्यटक आवागमनको संख्या ९४ दशमलव ९६ प्रतिशतले घटेको छ । पर्यटकस्तरीय होटल तथा लजको संख्या ६ दशमलव ४३ प्रतिशतले घटे पनि उनले बताए । 
आर्थिक वर्ष २०७६/ ७७ को चैतदेखि २०७८/ ७९ को भदौसम्म कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि अवलम्बन गरिएको पटक–पटकको बन्दाबन्दीले प्रादेशिक अर्थतन्त्रमा संकुचन ल्याएको अध्ययन प्रतिवेदनले औंल्याएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)