ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतमा सुपथ पसल सञ्चालन

२०७८ असोज, ४  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found

सुर्खेत (अस) । सरकारी स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सुर्खेतको वीरेन्द्रनगरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । कम्पनीले शुक्रवारदेखि सञ्चालनमा आएको सुपथ मूल्य पसलमा तीन किसिमका चामलसहित ३ प्रकारका दाल विक्रीका लागि राखिएका छन् ।

सुर्खेतमा अरुवा मोटा चामल ४१, जिरा मसिनो चामल ५९, सोना मन्सुली चामल ४४.७०, मसुरो १३०, मास १५९ र रहर १७३ रुपैयाँ प्रतिकिलोमा उपलब्ध गराइएको छ ।

कम्पनीले चाडपर्वको अवसरमा हरेक वर्ष दशैं, तिहार र छठ पर्वका बेला सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । कम्पनीका कर्णाली प्रादेशिक कार्यालय प्रमुख माधव मिश्राले स्थानीय जनताको मागलाई ध्यानमा राख्दै चामल र दाल विक्रीका लागि उपलब्ध गराइएको जानकारी दिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)