वीरेन्द्रनगर (अस) । सुर्खेतको लेकबेँसी नगरपालिकाका किसानलाई बाली बीमा सम्बन्धी अभिमुखीकरण गरिएको छ । हेल्भेटास नेपाल इन इलम परियोजनाको सहयोगमा साना किसान कृषि सहकारी संस्था लिमिटेड साटाखानीको आयोजनामा लेकबेँसी नगरपालिका–९ मा व्यावसायिक कृषि गरिरहेका किसानलाई अभिमुखीकरण गरिएको हो ।
व्यावसायिक रूपमा कृषि गर्दै आए पनि बाली र पशु बीमाबारे किसानलाई जानकारी नभएकाले उनीहरूलाई अभिमुखीकरण गरिएको सहकारीका प्रबन्धक हरि पौडेलले बताए । तालीममा केराखेती, बंगुरपालन, ड्रागन पु्रmट खेती, तरकारीखेती, भैंसीपालन लगायत व्यवसायमा आबद्ध ४० जना किसान सहभागी थिए । तालीमको सहजीकरण हेल्भेटास नेपाल इन इलम परियोजनाका व्यवसाय विकास अधिकृत टेकबहादुर सिंह र एभरेष्ट इन्स्योरेन्सका प्रतिनिधि गणेश वलीले गरेका थिए ।